काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनीत हुनुभएको छ । निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै सल्लाहकारमा श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ ।

चैत २ देखि ६ सम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ । निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह हुनुहुन्छ । सदस्यमा अभिनेता सुनील थापा, निर्देशक छिरिङरितार शेर्पा र भारतीय लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया