काठमाडौं । सुरक्षा पन्त र कमलमणि नेपालको शीर्ष भूमिका रहेको सोसल ड्रामा फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर र गीत सार्वजनिक गरियो ।

चैत २४ गते प्रदर्शन हुने फिल्मले एउटै परिवारका सदस्यबीच राजनीतिले ल्याउने मतभिन्नताको कथा भन्छ । प्रमोद कँडेल निर्देशित फिल्ममा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।

प्रेसमिटमा बोल्दै सुरक्षाले एक परिवारमा दुई राजनीतिक विचारधारा बोकेका सदस्य हुँदा उत्पन्न हुने असमझदारी र द्वन्द्वको कथामा फिल्म बनेको बताइन् । उनले यो कथावस्तु आफ्नो परिवारसँग पनि मिल्दोजुल्दो भएको बताइन् । निर्माता श्रीधर पौडेलले यो फिल्मको कथावस्तु प्रत्येक नेपाली घरको कथा भएको बताए ।

तपाईको प्रतिक्रिया