नेपालको सबैभन्दा लामो समय प्रशारण भएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे देखिने भएका छन् । भोली मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भुमिकामा घिमिरे प्रस्तुत हुनेछन् ।
मिडिया हवको अफिसियल सामाजिक सञ्जालहरुमा केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्बजनिक गरिएको छ । छक्का पञ्जाको प्रदर्शनको छेको पारेर यो टिमका दुई कलाकार प्रचारका लागी मेरी बास्सै पुगेका हुन् । मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरे संगैं बेनिशा हमाल पनि देखिनेछिन् भने अरु कलाकारहरु छन् वा छ्रैनन् त्यो पनि स्पष्ट छैन् ।
मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो । उनलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो । उही पुरानो आफुलाई परिचय दिएको टेलिफिल्ममा फेरी देखिन पाउँदा माग्ने बुढा हर्षित देखिएका छन् । मेरी बास्सै हरेक मंगलबार राती ९ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आईरहेको छ ।

तपाईको प्रतिक्रिया