आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजमा २३० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको यूएईविरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।

नेपालका सोमपाल कामीले तीन विकेट लिएका छन् । उनले तेस्रो विकेट लिएसँगै नेपाललाई पाँचौँ सफलता मिलेको छ । सोमपालले रोहन मुस्तफालाई ६ रनमा आउट गराए । यसअघि सोमपालले चुन्दंगापोयिल रिज्वान र मोहम्मद वासिमलाई आउट गराए । सोमपालले यसअघि रिज्वानलाई सात रन र रिज्वानलाई शुन्यमा आउट गराएका थिए ।

त्यस्तै, आरिफ शेखले भ्रित्या अरभिन्दलाई १३ रन र दीपेन्द्रसिंह ऐरीले आर्यन लाक्रालाई ५० रनमा आउट गराए । आर्यनले ७८ बलमा चार चौका र एक छक्काको मद्दतमा ५० रन बनाएर आउट भए । शून्यमा एक विकेट गुमाएको यूएईले दोस्रो विकेटको लागि ९४ रनको साझेदारी गर्यो । सोमपालले पहिलो विकेटको रूपमा पहिलो ओभरको दोस्रो बलमा मोहम्मद वासिमलाई शुन्यमा आउट गराएका थिए ।

३६ ओभरको समाप्तिमा यूएईले पाँच विकेटको क्षतिमा १५४ रन बनाएको छ ।

दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २२९ रन बनाएपछि यूएईले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो ।

तपाईको प्रतिक्रिया