एजेन्सी । ब्राजिलमा सम्पन्न ओलम्पिक फुटबलमा ब्राजिलले स्वर्ण पदक जितेसँगै सम्पुर्ण फुटबल प्रेमीको ध्यान हालै सुरु भएको क्लब लिगमा केन्द्रित भएको छ। आफ्नो क्लब तथा मन पर्ने खेलाडीले आशातित प्रदर्शन गरुन् भन्ने सबैको कामना हुन्छ।

फुटबलमा मैदान भित्र खेलाडीको खेलको चर्चा हुन्छ भने मैदान बाहिर उनिहरुको पारिवारिक बिषयमा सुन्न पाइन्छ । खेलाडीको आर्थिक स्तर, परिवार लगायत उनिहरुको राम्रो र नराम्रो काम दुवै ।

खेलाडीले लगाउने तेल देखि लिएर उनिहरुका बच्चा, प्रेमिका अथवा श्रीमती सम्मको जानकारी हासिल गर्ने ‘डाइ हार्ट’ फ्यानको चाहाना हुने गर्दछ। यस सुचीमा हामीले विभिन्न क्लब तथा देशबाट खेल्ने फुटबल स्टारहरुका हट १० प्रेमिका तथा श्रीमतीको समेटेका छौँ ।

१०. नगोरे अलन्सो
स्पेनिस मोडल तथा अभिनेत्री नगोरे अलन्सो यस सूचीको १०औ स्थानमा रहेकी छन् । नगोरे र बार्यन म्यूनिख तथा स्पेनिज टोलीका मिल्डफिल्डर जाभी अल्न्सो सन् २००७ बाट प्रेम सम्बन्धमा रहेका थिए। २ बर्षको प्रेम लाई सन् २००९ मा विवाह परिणत गरेका यी जोडीको हाल ३ सन्तान रहेका छन्।

९. क्यान्डी रेइ्फलर
म्यान चेष्टर युनाइटेड तथा डच टोलीका डिफेन्डर डेली ब्लाइन्डकी श्रीमती क्यान्डी रेइफ्लरको शारिरिक सुन्दरता लोभलाग्दो रहेको छ।

८. एभान्जेलिना एन्डरसन
एभान्जेलिना एक अर्जेन्टिनी मोडेल, डान्सर तथा टिभीमा प्रस्तोता हुन्। प्ले ब्वाइ तथा म्याक्सिम जस्ता विश्व कै ठुला म्यागजिनका लागि कभर फोटो सुट गराइ सकेकी उनी अर्जेन्टिना तथा म्यानचेष्टर सिटीका मिल्डफिल्डर मार्टिन डिमिकेलेसकी श्रीमती हुन्। सन् २००७ बाट सगै बस्न थालेका यि जोडिको हाल दुई छोराछोरी रहेका छन् । उनिहरुले सन् २०१५ मा विवाह गरेका थिए।

७.अन्ना इभानोविच
सर्बियाली व्यावसायिक टेनिस खेलाडी एन्ना इभानोविक १५ पटक विश्व महिला च्याम्पियनसिप जितेकी छन् । उनले अन्तराष्ट्रिय टेनिस महासंघले आयोजना गरेको प्रतियोगिता ५ पटक सम्म जितेकी छन् । सुन्दर शरिरकी धनी इभानोविक सन् २०१४ मा जर्मन तथा बार्यन म्युनिक का मिल्डफिल्डर स्वान्सटाइगरसगँ नजिएकी थिइन् भने सन् २०१६ को जुलाईमा विवाह गरिन्।

६. एरिना श्येक
३० वर्षिय रुसी मोडल एरिना उच्च शिक्षाको लागी सुरुमा म्यानेजमेन्टमा भर्ना भएकी थिइन्। उक्त बिषयमा सफल हुन नसकेपछी उनि मोडलिङग पेसामा आबद्ध भइन । स्थानिय मोडलिङ्ग एजेन्सीबाट आफ्नो करियरको सुरुवात गरेकी उनले त्यस पछि कहिल्यै पछाडी फर्केर हेर्नु परेको छैन। सन् २०१० मा पोर्चुगलका क्रिश्चियानो रोनाल्डोकोसगँ भेट भए सँगै प्रेम सम्बन्धमा रहेका यि दुईले सन् १०१५ सम्म रोमान्स गरेका थिए। सन् २०१५ यी जोडी छुटेका थिए।

५.ग्राबिएला लेन्सी
२२ वर्षिय ब्राजिलियन सुपर मोडल लेन्सी ब्राजिल कै सबै भन्दा बढि फ्यान फ्लोवर्स भएकी मोडल हुन्। उनि सन् २०१४ ब्राजिलमा सम्पन्न फिफा विश्बकप को पुर्व संध्याबाट ब्राजिलियन तथा बार्सिलोनाका स्टार नेमार जे आरसगँ नजिएको थिइन् हाल उनिहरु प्रेम सम्बन्धमा रहेका छन्।

४. एन्थोनेला रोक्कजो
अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र एन्थोनेला बाल्यकालको साथी हुन् । करिब ५ वर्षको उमेर देखि एक अर्कालाई नजिकबाट चिनेका उनिहरु मेस्सीले बार्सिलोनाको ट्रायल दिएपछि टाढिएका थिए। उनिहरु सन् २००८ मा प्रेम सम्बधमा गासिएका थिए भने सन् २०१० मा इङ्जेडमेन्ट गरेका थिए।हाल सम्म २ छोराहरुको अभिभावक बनिसकेका यि जोडी छिटै विवाह बन्धनमा बाधिदै छन्।

३. एलेना सेरेडोभा
इटालीका तथा युभेन्टस का कप्तान जियान्लुइजि बुफोन इतिहासकै सर्वाधिक सफल गोल रक्षक मानिन्छन्। उनको विवाह सन् २०११ मा चेक रिपब्लिककी एलेना सेरेडोभासँग भएको थियो। १५ वर्ष देखि आफ्नो मोडलिङको सुरुवात गरेकी एलेनाको बुफोनसँग उनको सहयात्रा धेरै चल्न भने सकेन सन् २०१४ मा उनिहरु छुटिएका थिए ।

२.साम कूक
म्यानचेष्टर युनाइटेड तथा इङ्ल्याण्डका डिफन्डर क्रिश स्मुलिङसगँ डेटमा रहेकी कूक एक पुर्व मोडल हुन् । उनिहरुको सम्बन्ध हालै सम्पन्न युरोकपको पुर्वसंध्याबाट सुरु भएको हो । विभिन्न चर्चित म्यागजिनमा कभर सुट गराइ सकेककी ३० वर्षिय कूक सूचीको दोस्रो स्थानमा रहेकी छन्।

१. शाकिरा
शाकिरा यस सुचीको पहिलो स्थानमा रहेकी छन् । शाकिरा गायिका, नायिका, निर्माता समेत हुन् । उनले सन् २०१० फिफा विश्वकपको औपचारिक गित गाएकी थिइन् । शाकिराको भेट सोहि समय बार्सिलोना तथा स्पेनिस स्टार जेरार्ड पिकेसँग प्रतियोगिता उद्घाटन कार्यक्रममा भएको थियो। त्यस पश्चात विवाह बन्धनमा बाधिएका यी जोडीको हाल २ सन्तान रहेका छन्।

तपाईको प्रतिक्रिया