काठमाडौं । चर्चित गायक भागिरथ चलाउनेको नयाँ गीत सार्वजनिक भएको छ । चलाउनेले ‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’ नामक गीत बजारमा ल्याएका हुन् । उक्त गीतको भिडियो आफ्नै युट्युब च्यानल भागिरथ चलाउनेबाट सार्वजनिक गरेका छन् ।

भागिरथकै शब्द, संगीत तथा स्वर रहेको गीतमा गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । गीतमा कृष्ण विक भान्जाको एरेन्ज छ ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक भागिरथ र मोडल गीता ढुंगानाको रोमान्स देख्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

हेर्नुस् भिडियो:

तपाईको प्रतिक्रिया