काठमाडौं :

नेपाली फिल्म ‘परालको आगो’ निर्देशक प्रताप सुब्बाको उपचारका क्रममा निधन भएको छ । उनको बिहीबार भारतको सिलगुडीस्थित एक अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको हो ।

भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमले निर्देशक सुब्बाको निधन भएको जानकारी दिएका छन्। सुब्बा पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक समेत हुन् ।

सुब्बाले २०३५ सालमा रिलिज भएको परालको आगो निर्देशन गर्दै करिअर थालेका थिए । त्यसपछि उनले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा फिल्म निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया