काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । ४० दिनको सेडुल सहित फिल्मको छायांकन सुरु गरिएको निर्देशक दीपेन्द्र के खनालले बताए । उनले फिल्म पशुपति वरपरका स्थानमै छायांकन हुने जानकारी दिए ।

विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्ल लगायतको मुख्य भुमिका रहने फिल्मको रिलिज आउँदो वर्षको दसैँ बताइएको छ ।

खगेन्द्र लामिछाने र निर्देशक खनाल निर्माता रहेको फिल्मको कथा ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो, त्यहीँबाट सुरु हुने बताइएको छ । फिल्ममा ‘पशुपति प्रसाद’मा हनुमानको क्यारेक्टर निभाएका कलाकार रवीन्द्र सिंह बानियाँको पनि मुख्य भूमिका रहने छ ।

तपाईको प्रतिक्रिया