काठमाडौं– त्रिभुवन विश्वविद्यालयसहित देशभरका आंगिक र सम्बन्धनप्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रारम्भ भएको छ । विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण भएका केही क्याम्पसहरूमा भने निर्वाचन नहुने भएको छ ।

१४ वर्षपछि देशभरिका ६० आङ्गिक क्याम्पस तथा एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान प्रारम्भ भएको हो । मतदान दिउँसो ४ बजेसम्म हुनेछ ।

उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सररस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इञ्जीनियरिङ क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पस मतदान जारी छ । मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

मीनभवनस्थित नेपाल कमर्श क्याम्पसलमा आज चैत ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन स्थगित भएको छ । क्याम्पसको निर्वाचन समितिको कार्यालयले एक सूचना प्रकाशित गर्दै क्याम्पसमा विशेष परिस्थिति सिर्जना हुनुका साथै निर्वाचनको तयारी पुरा नभएको जनाउँदै निर्वाचन स्थगित भएको जनाएको छ ।

नेपाल विद्यार्थी संघले भने पराजित मानसिकता बोकेको अनेरास्ववियुका कारण नेपाल कमर्स क्याम्पसमा आफू निकट क्याम्पस प्रमुख धुब्र सिलवालको सहयोगमा चुनाव स्थगन गर्न अनेरास्ववियु सफल भएको आरोप लगाएको छ । नेविसंघका एक प्रभावशाली नेता भन्छन्– ‘चुनावको सुनिश्चितता गर्न संयुक्त विद्यार्थीको शान्तिपूर्ण धर्नामा प्रहरी–प्रशासनको धरपकटमा सुशील खड्का, सुरज भाइ, जीवन खनाल, ज्ञानु दाहाल लगायत घाइते भएका छ्न् । यसको हामी घोर भत्र्सना गर्दछौं ।’

यसैबीच, नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको वाल्मीकि विद्यापीठमा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले क्याम्पसमा तालाबन्दी गरेसँगै निर्वाचन स्थगित भएको हो । निर्वाचन प्रक्रियामा दर्ता भएका विद्यार्थी संगठनहरूबीच छलफल नगरी निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै नेविसंघले विद्यापीठ प्रशासनमा तालाबन्दी गरेको हो ।

निर्वाचन रोकिएका क्याम्पस
काठमाडौं
आरआर क्याम्पस
अमृत साइन्स क्याम्पस
पाटन संयुक्त क्याम्पस
नेपाल कमर्स क्याम्पस
विश्वभाषा क्याम्पस

काठमाडौं बाहिर
पृथ्वीनारायण क्याम्पस, पोखरा
पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, पोखरा
वन क्याम्पस, पोखरा
नर्सिङ क्याम्पस,
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्ज
वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन,
धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ
सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस
त्रिचन्द्र क्याम्पस (चैत ९ गतेका लागि निर्धारित)

तपाईको प्रतिक्रिया