काठमाडौं । चलचित्र निर्माता निर्देशक शोभित बस्नेत यतिबेला नयाँ चलचित्र ‘जय हो’को टिम लिएर पोखरातर्फ लागेका छन् । उनले आफ्नो यो चलचित्रको छायांकन पोखरा र मुस्ताङमा गरिने भएको छ । चलचित्रको युनिट आइतबार पोखरा लागेको हो । त्यहाँ केही दिन छायांकन गरेर मुस्ताङ जाने निर्माता बस्नेतले बताएका छन् ।

फिल्म जय होका निर्माता शोभित बस्नेत हुन् । यो सिनेमाको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा निर्माण घोषणा गरिएको थियो ।

पौरखी राईको निर्देशन निर्माण हुने सिनेमामा अर्पण थापा सलोन बस्नेत केकी अधिकारी निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ अथिति कलाकारमा रोहित रुम्बालगायतको अभिनय रहेको छ ।

सिनेमाको द्वन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कविराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले छन् । सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो बिजनेस ग्रुप र सनराइज अस्ट्रेलियाका सञ्चाल हुन् ।

सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमा आगामी भदौ ८ मा रिलिज गरिने भएको छ ।

तपाईको प्रतिक्रिया