- तुलसी भारद्धाज निरौला

मेष–आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योग साथ्ौ पाहुनाको आगमनले मन हर्षित रहला ।आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।आज तपाइको धनलाभको योग छ, नया साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ ।

वृष–कामहरु पनि सजिलै संग बन्ने छन । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला ।हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाकाम पाउने योग छ धन मनग्य कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला ।

मिथुन–शरिरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला ।व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानामा एकदमै सजक रहनु होला ।

कर्कट–काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छm, रुपैयापैसाको लेनदेन पनि खासै राम्रो छैन ।आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्रन सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् साथै मनमा केहि दुविधा पनि रहला ।

सिंह–काम बन्नाले सुखको अनुभव हुन्छ । पठन–पाठनमा मन जानेछ, घरायसी काममै दिन जाने देखिन्छ ।कमाइ सोचेअनुरुप हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ,, सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, बैदेशिक क्षेत्रको लगानी फाइदै होला

कन्या–नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बडने देखिन्छ, आर्थिक लाभ पनि होला ।आज कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ । काममा जोश र जागर बडने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलै संग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ, पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ ।

तुला–पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला ।अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला, कुसैसंग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नु पर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ ।

वृश्चिक–सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला ।

धनु–नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ ।चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । चल–अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला ।

मकर–अल्झेकाकामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ ।परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला ।

कुम्भ–व्यर्थको खर्च हुनेछ खर्च घटाउने प्रयास गर्नु होला, खानामा पनि एकदमै सावधान रहनु होला रोग लाग्न सक्छ ।खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ ।समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ एकदमै सजक रहनु होला ।

मीन–रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा–मामिलामा विजयी भइनेछ, अन्नलाभ पनि होला । आज तपाइको धनलाभको योग छ, पढाइमा प्रगती होला, साथै दिन खुशी साथ बित्ने छ ।आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ ।

तपाईको प्रतिक्रिया