- रोशन पोखरेल

काठमाडौं । शाहरुख खानको फिल्म पठान अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिएको छ। यो फिल्म रिलिज हुनासाथ तहल्का मच्चिएको छ । भारत र विदेशमा बक्स अफिसमा करोडौं कमाएपछि अब ओटीटीमा पठानको आकर्षण देखिएको छ । शाहरुखको फिल्मको विस्तारित संस्करण प्राइममा रिलिज भएको छ, जसलाई हेरेपछि दर्शकमा उत्साह छ ।

अहिले फिल्मका यी नयाँ दृश्यहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फिल्म पठान ट्वीटरमा अन्धाधुन्ध ट्रेन्डिङ गरिरहेको छ । निर्देशक सिद्धार्थ आनन्दले यी दृश्यहरू किन काटेका थिए भनेर धेरै फ्यानहरूको गुनासो पनि छ। फिल्म पठानका नयाँ दृश्यलाई प्रयोगकर्ताले निकै रुचाएका छन् । यी दृश्यहरू फिल्मको फाइनल कटमा राखेर हलमा रिलिज भएको भए आगो लाग्ने धेरैको भनाइ छ । निर्देशक सिद्धार्थ आनन्दको यो सरप्राइजले दर्शक उत्साहित छन् ।

फिल्म अहिलेसम्म धेरै दर्शकले हेरिसकेका छन् । यस्तो अवस्थामा सबैको ओठमा पठान, शाहरुख खान र जोन अब्राहमको नाम मात्रै छ । पठान चलचित्रमा ५ नयाँ दृश्य थपिएका छन् । यसमा शाहरुख खानको पात्र पठान रसियामा यातना भोग्नु, पेरिसबाट दिल्लीसम्म जिमको (जोन अब्राहम) प्रयोगशालामा हमला गर्ने योजना, रुबाई (दीपिका पादुकोण) को सोधपुछ र डिम्पल कपाडियाको उडान दृश्य समावेश छ।

यसबाहेक फिल्ममा शाहरुख खानको अर्को लुक पनि देख्न सकिन्छ । यो नयाँ लुक्स फ्यानहरुको मन परेको छ । पठान निकै ड्यासिङ भएको प्रयोगकर्ताहरू बताउँछन् । त्यसैले त्यहाँ एकजनाले सोधे, यो दृश्य किन हटाइयो? पठानलाई यातना दिएको देखेर केही भावुक बनेका छन् ।

निर्देशक सिद्धार्थ आनन्दको फिल्म पठान २५ जनवरी २०२३ मा विश्वभरका सिनेमाघरहरूमा रिलिज भएको थियो। यस फिल्मबाट शाहरुख खान चार वर्षको लामो प्रतिक्षापछि ठूलो पर्दामा फर्किएका छन् । फिल्ममा उनको साथमा दीपिका पादुकोण, आशुतोष राणा र डिम्पल कपाडिया थिए । जहाँ जोन अब्राहम भिलेनको भूमिकामा देखिएका छन् । यशराज फिल्म्सको ब्यानरमा बनेको यो फिल्मले बक्स अफिसमा धमाकेदार कमाई गरेको थियो । भारतीय बक्स अफिसमा ५०० करोड र विश्वव्यापी बक्स अफिसमा १००० करोड कमाएको थियो ।

तपाईको प्रतिक्रिया