पुष्पराज थपलिया
विराटनगर / पाहुना टोली भारत केरलाको लुका सकर क्लव पहिलो अन्तराष्ट्रिय सहभागितामै सातौं संस्करणको विराट गाल्डकपको उपाधि नजिक पुगेको छ ।

विराटनगरस्थित सहिद मैदानमा अहिले भर्खरै सम्पन्न अन्तिम सेमिफाइनल खेलमा साविक विजेता शसस्त्र प्रहरी बल काठमाण्डौको एपिएफ क्लबलाई लुकाले पेनाल्टी सुटआउतमा ४–२ को गोल अन्तरले परजित गर्दै उपाधि नजिक प्रवेश गरेको छ ।

लुकाले फाइनल खेलमा घरेलु टोली विराटनगर सिटी एफसीसँग विहिबार प्रतिस्पर्धा गर्ने छ ।

पेनाल्टी सुटआउटमा लुकाको तर्फबाट चार्ज क्युजाको,महमद रफि, कप्तान महमद अर्सक,पौल ओपरेले गोल गरे भने महमद कियामुद्धिनको प्रहार एफिएफका किपर राजु नगरकोटीले बताएका थिए । यता एपिएफका दिपेश धिमाल र सविन गुरुङले गोल गरे । विशाल स्याङतानको प्रहार लुकाका किपर महमद सनपिरले डाइभ गरेरे बचाएका थिए भने एपिएफका किपर राजु नगरकोटीको प्रहार टम बारमा लागेर फर्किएको थियो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो पेनाल्टी सुटआउटबाट निकालिएको हो । पेनाल्टी सुटआउटमा लुका सकरका गोलपिकर सनफिर नायक रहे । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ पनि पुरस्कार पाएका छन् ।

उनले एपिएफका विशाल स्याङतानको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै एपीएफलाई सुरुआती अग्रता बनाउन रोकेका थिए ।

एपिएफ र लुका दुवै टिमले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो ।

पाएको गोल गर्ने सुन्दर अवसर खेर फाल्दा सातौं संस्करणको उपाधि होल्ड गर्ने सपना एपिएफको चकनाचुर भयो ।

जितपछि प्रतिक्रिया दिदै लुकाका प्रशिक्षक न्याभसले खेलाडीहरुले राम्रो प्रर्दशन गरेको कारणले जित हासिल गरेको बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगितमा यो हाम्रो लागि पहिलो हो,’ उनले भने, ‘खेलाडीहरुले राम्रो खेल्दा उपाधि होल्ड गर्न पुगेका छौं ।’

यता एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले राष्ट्रिय खेलाडीको अभाव र केही खेलाडीहरु घाइते भएको कारणले हार व्यवर्हनुपरेको बताए । ‘खेलाडीहरुले थुप्रै अवसर पाएका थिए । त्यो सदुपयो गर्न गर्न चुक्दा हार भयो,’ उनले भने ।

उपाधि विजेताले २० लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार प्राप्त गर्ने छ । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया