काठमाडौं । ‘धोकेबाज हौ तिमी’ भन्ने नेपाली गीत विश्वभर भाइरल भएको गीत हो । गीतकी गायिका हुन् एलिना चौहान ।

करिब दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले दोस्रो पटक भाइरल भएको छ ।

धेरै गीत भाइरल त छन् नै चर्चित भएकै कारण गायिका चौहानको व्यस्ततापनि ह्वात्तै बढेको छ ।

स्वदेशका थुप्रै कार्यक्रमपछि उनी अहिले विदेशमा पनि व्यस्त हुन थालेकी छन् । केही अगाडि कार्यक्रममा लागि अष्ट्रेलिया पुगेकी उनको सांगीतिक कार्यक्रमसँगै अष्ट्रेलियामा रहँदै आएका युवक विष्णु सापकोटासँग प्रेमको चर्चा पनि चल्न थालेको छ । सापकोटासँग उनको भेट गत भदौमै तिजको कार्यक्रमका सिलसिलामा अष्ट्रेलियामै भएको थियो । त्यहीवेलादेखि उनीहरु प्रेममा रहेको बताइन्छ ।

भदौको कार्यक्रमबाट फर्किदा विष्णु पनि उनीसँगै नेपाल आएका थिए । नेपालमा उनीहरुले एउटा युगल गीत ‘बाजा तालमा’ समेत गाए । गीतले चर्चा भने कमाउन सकेन । एलिनाले विष्णुसँगको एउटा टिकटक दुबैलाई जोडेर बनाएकी छन् । उक्त भिडियोमा थुप्रैले उनीहरुलाई ‘कपल’ भन्दै बधाई समेत दिएका छन् ।

यद्यपी एलिनाले भने अहिले सम्म मुख खोलेकी छैनन् । स्टेज कार्यक्रम र रेकर्डिङमा व्यस्त रहेकी यी गायिकाले विवाह नहुँदासम्म ‘अफेयर’ बारे आफूले केही नखुलाउने बताएकी छन् । उनले ‘इन्गेजमेन्ट भएका कतिपयको सम्बन्ध त टुटेको हुन्छ, विवाह भएकाहरू समेत छुट्टिएका हुन्छन्’त्यसैले अहिले ढुक्क भएर अफेयरबारे केही नबोल्ने उनी बताउछिन् ।

विवाह भयो भने जानकारी गराउने चौहानको भनाइ छ । उनले अफेयरमा होरहोइन भन्नेबारे समेत केही नखुलाउने बताइन् ।

​एलिना अहिलेकी सर्वाधिक चर्चितमध्येकी गायिका हुन् । सांगीतिक करिअरलाई रफ्तारमा दौडाइरहेकी उनी स्टेज कार्यक्रमका लागि बिहीवार युकेतर्फ प्रस्थान गर्दैछिन् । वैशाखमा मात्र उनी नेपाल फर्किने छिन् ।

तपाईको प्रतिक्रिया