नेपालमा पत्रकारिताको इतिहास धेरै लामो छैन । त्यसैले पत्रकारिताको इतिहास लेखन खासै रुचिको विषय बनेको पाइदैन । आम लेखक, इतिहासकार तथा अनुसन्धानकर्ताहरुको अरुचिको विषय रहेको पत्रकारिताको इतिहास केलाउने कार्यमा पत्रकार गिरिजा अधिकारीले कमल चलाउने प्रयास गरेर चुनौतिपूर्ण बाटो रोजेका छन् ।

‘मकवानपुरमा मिडिया’ मकवानपुरको पत्रकारिता जगतको तीन युगको सचित्र पढ्न पाइन्छ । अनुन्धानमूलक कृति हुनुको नाताले तथ्याङ्कमा आधारित विश्लेषण त छदैछ, जिल्लाभरिका मिडिया र पत्रकारहरुको अद्यावधिक विवरण समेत पाइने भएकोले निकै महत्वपूर्ण छ ।

मकवानपुरमा भएका सञ्चारसँग सम्बन्धित गतिविधिको फेहरिस्तसहित प्रस्तुत गरिएको पुस्तकमा पत्रकारिताको विकास क्रमलाई सिलसिलेवार उल्लेख गरिएको छ । उक्त पुस्तकमा पञ्चायतकालमा मकवानपुरमा भए गरेका सञ्चार गतिविधि, बहुदलीय शासनकालमा भए गरेका मिडिया गतिविधि र पछिल्लो लोकतान्त्रिक शासन व्यवस्थामा भएका मिडिया गतिविधिहरुको यथार्थ चित्र कोरिएकोले पनि यो कृत्ति निकै महत्वपूर्ण छ । तीनै कालखण्डमा मिडियाको विकासक्रम लेखिएको छ ।

भित्तेपत्रिका, हाते पत्रिकाहरुको इतिहासदेखि रुपचन्द बिष्टले बिक्री गर्ने नागरिक जागृत गराउने पर्चाहरु, प्रख्यात साहित्यकार श्याम प्रचाद शर्माले चलाएको अभियान, नेपाल पत्रकार महासंघ मकवानपुरका सस्थापक सभापति न्हुच्छेमान श्रेष्ठ, अज्रज पत्रकार नवराज शर्मा, कौशल पाण्डे, देवप्रसाद श्रेष्ठ, र पहिलो दर्तावाल साप्ताहिक पत्रिकाका सम्पादक कमल थापासम्मको विषयबस्तु समेटिएको पुस्तक मिडिया अनुसन्धानकर्ता, अन्य र पत्रकारिता अध्ययन गर्दै गरेका विद्यार्थीहरुको लागि समेत निकै महत्वपूर्ण छ । अनुसन्धानमूलक कृति भएकोले ‘मकवानपुरमा मिडिया’ मा समग्र नेपालको पत्रकारिताको विभिन्न कालखण्डको झल्को पाइन्छ ।

पुस्तकको नाम : मकवानपुरमा मिडिया
लेखक : गिरिजा अधिकारी
मुल्य : ४००
पृष्ठ : २०४
प्रकाशक : राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर, काठमाडौं

‘मकवानपुरमा मिडिया’ मकवानपुर जिल्लाको पत्रकारिताको इतिहास र विकासक्रम उल्लेख नगरी सिंगो देशकै पत्रकारिताको विकासक्रम र इतिहास’bout संक्षिप्त उल्लेख गरिएबाट उक्त पुस्तक नेपाली पत्रकारिता इतिहासकै अमूल्य सम्पत्ति बन्न पुगेको छ । भविष्यमा नेपाली पत्रकारिताको अवस्था’bout अध्ययन, अनुसन्धान गर्न चाहने व्यक्ति तथा संस्थाको लागि मकवानपुरमा मिडिया कृति एक सुन्दर दस्तावेजको रुपमा रहने देखिएको छ । लेखकले पुस्तकमा पत्रकारिताको सिद्धान्त, परिचय, परिभाषा, तत्वहरु, पत्रकारिता र अन्य लेखनबीच भिन्नता र नेपालको पत्रकारिताकाक विकासक्रमलाई समेटेका छन् । दोस्रो च्याप्टरमा मकवानपुरमा पत्रकारिताको विकासक्रम अन्तर्गत परिचय, पृष्ठभूमिकाल, साप्ताहिक तथा अन्य पत्रिकाको काल, देनिक पत्रिकाको काल, रेडियो पत्रकारिताको काल, टेलिभिजन पत्रकारिताको काल र अनलाइन पत्रकारिताको काल नामाकरण गरी इतिहाल लेखन गरेका छन् । यस कालमा देखिएका पत्रकारिताका मूलभूत प्रवृत्तिलाई पनि पुस्तकमा समेटिएको छ । तेस्रो च्याप्टरमा मकवानपुरमा पत्रकारिताको संस्थागत इतिहास, चौथोमा पत्रकारिता क्षेत्रका केही व्यक्तित्वहरु, पाचौँमा अन्य संघसंस्थाले मकवानपुरको पत्रकारितामा गरेको योेगदान र छैठौमा उपसंहार खण्डमा निश्कर्ष राखिएको छ ।

पुस्तकमा दिवंगत भएका पत्रकारहरुका ’boutमा पनि लेखकले छुट्टै च्याप्टर समावेश गरेको भए अझै यो पुस्तक गहकिलो बन्न सक्दथ्यो । सामान्य कमीकमजोरीलाई भुल्ने हो भने यो पुस्तक देशकै एउटा सम्पत्तिको रुपमा भोलिका दिनसम्म पनि स्मरण भइरहनेछ ।

तपाईको प्रतिक्रिया