एजेन्सी । भारतीय निर्देशक अयान मुखर्जीले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को सँगै छायांकन गर्ने जानकारी दिएका छन् ।

अयानले यसपटक ‘ब्रह्मास्त्र’को दुवै भाग एकैसाथ छायांकन गर्ने बताएका हुन् । उनले यसपटक पनि चलचित्रलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने र चलचित्र लेखनमा विशेष ध्यान दिने बताएका छन् ।

भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै अयानले भने ‘यसपटक हामी ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ सँगै छायांकन गर्नेछौँ । यसपटक फिल्म लेख्न अझै समय लाग्न सक्छ भन्ने हामीलाई लागेको छ । मलाई थाहा छ यस पटक फिल्मबाट दर्शकको ठूलो अपेक्षा छ ।’

अयानले करिब तीन वर्षपछि ‘ब्रह्मास्त्र २’ ठूलो पर्दामा रिलिज गर्ने बताएका छन् । साथै उनले ‘ब्रह्मास्त्र’मा केही गल्तीहरू भएको र फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया पाएकाले अगामी दिनमा उक्त गल्ती सच्याउने बताएका छन् ।

यसबाहेक, फिल्मले स्ट्रिमिङ प्लेटफर्ममा पनि राम्रो प्रदर्शन गरेको छ। ‘ब्रह्मास्त्र’ सन् २०२२ को सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म हो । फिल्ममा रणवीर कपूर, आलिया भट्ट र अमिताभ बच्चनको प्रमुख भूमिका रहेको थियो ।

तपाईको प्रतिक्रिया