एजेन्सीको सहयोगमा ।

फेसबुक चलाउनेहरुलाई महत्वपूर्ण तथ्य बाहिर आएको छ । ह्याकरहरुले फेसबुक आइडी ह्याक गर्ने नयाँ तरिका निकालेका छन् । भारत र नेपालमा यस्ता ह्याकरहरु सक्रिय हुन थालेको देखिएको छ ।

ह्याकरले फेसबुक जस्तै मिल्दो पेज तयार गर्ने र फेसबुक प्रयोगकर्तालाई झुक्क्याएर लग इन गराउने गर्छन् । फेसबुक जस्तै देखिने यो नक्कली पेजमा पनि फेसबुकमा जस्तै लग इनका लागि युजर आइडी र पासवर्ड मागिन्छ ।

यसमा पासवर्ड र आइडी पाएपछि ह्याकहरुले तपाइँको वास्तविक पेजमा घुसेर तपाइँको जानकारी र गोप्य सूचना लिन्छन् ।

फेसबुक पेज खोल्नु अघि नै तपाइँको मेल वा अन्य माध्यमबाट यो पेज आइपुग्छ । यसमा लग इन गर्ना साथ तपाइँको सबै विवरण ह्याकरको हातमा पुग्छ ।

यसबाट फेसबुकको सूचना प्रयोग गरी अनेक ठगी हुन थालिसकेको बताइन्छ ।

तपाईको प्रतिक्रिया