काठमाडौं : चर्चित तथा लोकप्रिय गायिका रिज्योना कार्कीको नयाँ गीत ‘मजा बेग्लै छ’ सार्वजनिक भएको छ । मायाप्रेमको भावमा प्रस्तुत गरिएको गीतलाई मित्र केसीले संगीत दिएका छन् ।

केसीकै शब्द रचना रहेको गीतमा विशाल निरौलाको संगीत संयोजना रहेको छ । गायिका कार्कीलाई नवगायक प्रेम सुनारले युगल गायनमा साथ दिएका छन् । रन्जना राईको मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियोलाई राहुल बराईलीले निर्देशन गरेका छन् ।

अनुप बोहोरा, गीता शाहीको अभिनय रहेको गीतलाई मुकेश हुमागाईंले छायाँकन गरेका हुन् । विनोद बमको सम्पादन रहेको गीतबाट आफू आशावादी रहेको गायिका कार्की बताउँछिन् ।

पछिल्लो समय निकै व्यस्त रहेकी गायिका कार्कीको नयाँ गीतहरु पनि आउने तयारीमा रहेको छ ।

तपाईको प्रतिक्रिया