विराटनगर,११ बैशाख : विराटनगर महोत्सव २०८० सुरु भएको छ । सोमबार बिराटनगर ११ मा अवस्थित रत्ना होटल छेउमा समाजसेवी जया कोइरालाले एक समारोहका विच पानसमा दिप प्रज्वलन गरेर महोत्सवको उद्घाटन गर्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा विभिन्न किषिमका ३० वटा स्टहरु रहनेछन । त्यसैगरी बालबालीकाहरुले खेल्ने मनोरञ्जनका साधनका स्टलहरु रहनुकासाथै खाना , ढाका कपडा , भाडार्वतन , कृषि तथा प्लास्टीकका समानहरुको स्टल रहने छन त्यसैगरी हरेक दिन नाम चलेका राष्टिय कलाकारहरुको साँगितिक तथा साँस्कृतिक प्रस्तुती रहने छ । महोत्सव आयोजक समितिका अध्यक्ष अनिला थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा महानगर प्रमुख कोइरालाले अर्थतन्त्र खस्कीदै गएकोबेला महोत्सव आयोजना हुदा व्यपार व्यावसायलाइ फाईदा हुने विश्वास व्यक्तगर्दै महोत्सवको सफलताको सुभकामना व्यक्तगर्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिठित व्यक्तीत्वहरुको सहभागिता थियो । मेला जेठ १ गते सम्म चल्ने छ ।