काठमाडौं :

सदावहार फिल्ममा अभिनय गरिरहने अभिनेत्री केकी अधिकारीले विवाह गरेको एक वर्ष भइसकेको छ। गत वर्ष बैशाखमा उनले व्यवसायी रोहित तिवारीसँग लगनगाँठो कसेकी थिइन् ।

गुचचुपमा नै विवाह गरेर आफ्ना साथीभाई तथा फ्यानहरुलाई सरप्राइज दिएकी केकीले आमा बन्ने रहर अहिले नभएको बताएकी छन्। उनले विवाह जस्तो आमा बन्ने खबर सरप्राइजमा दिने भनेकी छन्।

यहि बैशाख १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद२’को प्रमोसनमा निस्किएका बिपिन कार्कीलाई घर झगडा कतिको हुन्छ भन्ने प्रश्न गरिएको थियो । उनले आफ्नो विवाह गरेको ८ वर्ष भएको र अहिलेसम्म झगडाको नै नपरेको बताए । बिपिनले बच्चा भइसकेपछि झगडा भन्दा पनि छोरी प्रतिको जिम्मेवारी बढेको आफ्नो अनुभव सुनाए ।

सोही क्रममा केकीलाई आमा कहिले बन्ने भन्ने घुमाउरो प्रश्न गरिएको थियो । उनले आफु अहिले नै आमा बन्न तयारी नभएको र यो कुरा पनि बिहे जस्तै सरप्राइजका रुपमा बाहिर आउने बताईन् ।

फिल्म ‘प्रसाद२’को प्रचारप्रसारमा जुटेकी केकीलाई अब त बच्चाको तयारी गर्ने बेला भयो होला नि भन्ने कुरा पत्रकारले घुमाउरो पारामा प्रश्न सोधिएको थियो । उनले प्रश्नको जवाफमा घुमाउरो पारामा नै उत्तर दिइन् । उनले हरेक कुराको सहि समय आउने र आफु सरप्राइज दिन माहिर रहेको बताउदै सरप्राइजका रुपमा समेत आउन सक्ने संकेत गरिन् ।

‘हरेक कुराको सहि समय हुन्छ ।म सरप्राइज दिन माहिर छु। त्यो पनि सरप्राइजकै रुपमा बाहिर आउन सक्ला,‘उनले भनिन्,‘अहिले नै मेन्टिल्ली प्रिपेयर भइसकेको छैन। बुबा आमा हुनु भनेको दोस्रो जिम्मेवारी हो। त्यसका लागि दुवै जना रेडी हुनु जरुरी छ।’

तपाईको प्रतिक्रिया