काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको ‘मलाई बाँच्न सिकायौ’ तिमीले बोलको गीतको भिडियो रिलिज भएको छ । गीतकार नमिता दवाडीको शब्द शृजना रहेको सार्वजपनक गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ । मिक्सिङ तथा मास्टरिङ पनि हेमन्तकै रहेको भिडियोले प्रेम, वियोग र त्यसपछि पुन प्राप्त भएको मायाको कथालाई देखाएको छ । एक प्रेमील जोडीले कहिल्यै नछुट्टीने वाचा कसम खाएको र मायामा उत्तारचढाव आएको दृश्यलाई निर्देशक मुनाल शिशिर कोइरालाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

जसमा शिशिर भण्डारी र मोडल अनुजा सिंहको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् । हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ परिचय, लगायतका गीतको भिडियो बजारमा आइसकेका छन्

तपाईको प्रतिक्रिया