- बिनयबिष्णु के सी बिराटनगर

केहि लेख्न खोजदैछु
तर शब्द नै हराए
जिवनको अर्थ कोर्न खोजदैछु
तर भाव नै हराए

मुन्छेहरुको प्रबृति
कथा पढे जस्तै
त्यै कोर्न नि
मेरा शब्दै हराए

एउटा शुन्दर परिकल्पनाको
कथा बनाउन खोज्दैछू
कथाका पात्रहरुको चित्रण गर्न
मेरा शब्द नै हराए

अदृश्य शक्ति
कतै हावि पो छ कि
कलम त छ मसंग
तर शब्द नै हराए

केहि लेख्न खोजदैछु आज
तर शब्द नै हराए
शब्द बिहिन मानसपटलमा
सबै भाव नै हराए

तपाईको प्रतिक्रिया