बिराटनगरमा पत्रकार सोनुकुमार दास र कपलेश यादबलाई आक्रमण गर्ने आयोजक तर्फको नभएर , मेलामा भएको घुसपैठ कर्ताले गरेको आयोजक सेभ नेचर फाउन्डेसनले जनाएको छ ।

आइतबार राति बिराटनगरका स्थानीय पत्रकार सोनुकुमार दास माथी आक्रमण भएको थियो ।

बिराटनगरमा बसपार्क स्थीत सेभ नेचर फाउन्डेसनले बैशाख ७ गते देखी जेष्ठ ७ गते सम्मका लागी मेलाको आयोजना गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाएका थिए । मेलाको रिपोर्टिङ गर्न गएको पत्रकार माथी आइतबार केहि अज्ञात व्यक्तीहरुले आक्रमण गरेको बताइएको छ ।

मेलाका संयोजक अनिल थापाले भने , मेलाको सिसिटिभि फुटेजमा पत्रकार दास रिपोर्टिङ गरिरहेको र केहि बेरमै स्थानीय केहि ब्यक्तीहरु पत्रकार दास र क्यामेरा पर्सनलाई तछाड मछाड गरेको देखिएको बताए । आयोजक समितिकै मान्छेहरुले पत्रकारहरु माथी आक्रमण किन गरेको प्रश्न गर्दा , थापाले भने , पत्रकारहरु माथी आयोजकको कुनै व्यक्तीले आक्रमण नगरेको बताए । उनले भने , ती व्यक्तीहरु आयोजक तर्फका होइनन् । संयोजक थापाले भने , पत्रकार माथी भएको यस्तो घटना प्रति हामी आफै दुःख व्यक्त गर्दछौं ।

उनले भने , प्रहरी—प्रशासन देखी पत्रकार दाससंग समेत सम्पर्कमा छौं र आक्रमण गर्ने व्यक्तीहरुलाई खोज तलास गर्न सघाइरहेको बताए । मेलामा घुसपैठ भएको थियो , केहि अज्ञात व्यक्तीहरुले पत्रकार माथी हमला गर्ने प्रयास गरेर , मेलालाई बदनाम गराउने प्रयास गरेको बताए ।

यता , पत्रकार दाससंग सम्पर्क गर्दा उनले भने , राति मेलाको रिपोर्टिङ गरिरहँदा एकै छिनमा केहि अज्ञात व्यक्तीहरु आक्रमण गरेको प्रतिक्रिया दिए । उनले भने , प्रशासनलाई निवेदन दिएको र प्रहरीले समेत आरोपीलाई द्रुत रुपमा खोजी गरिरहेको बताए ।

बिराटनगरमा आर्थिक मन्दिको बेलासमेत मेला आयोजना गर्नु चुनौतिको कुरा हो । आयोजकका संयोजक थापाले भने , आर्थीक मन्दिको बिचमा समेत मेलाले थोरै हद सम्म भए पनि बजारलाई चलायमान बनाउन मद्दत गरेको बताए । यति मात्र नभएर मेलाले रोजगारी पनि सिर्जना गरेको बताए । कोभिडले गर्दा बजार नै आक्रान्त भएको बेला यस्तो मेलाहरुले मनोरंजनात्मक कार्यक्रमहरुबाट समेत युवायूवतीहरु मेला प्रति आकर्सित रहेको बताए ।

तपाईको प्रतिक्रिया