काठमाडौं। आँफुलाई गीत संगीतको क्षेत्रमा निरन्तर सक्रिय बनाइराख्न रुचाउने गायक हुन् प्रदीप कार्की । देश दशकअघि बेलायत हानिएका गायक कार्की परवासमा रहेर पनि एकपछि अर्को शृजना ल्याउनमा निकै तल्लिन देखिन्छन् । उनै गायक कार्कीको स्वर रहेको ‘तै मायाको’ गीतको भिडियो हालै सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्कीले बेलायतबाट नै रिलिज गरेको ‘तै मायाको’मा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । जसमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ ।

आफ्नै स्वरमा सजिएको ‘तै मायाको’ भिडियो बजारमा ल्याउँदै गायक कार्कीले फेरी आफ्ना दर्शक र श्रोताहरुको माया खोजीरहेका छन् । डान्सिङ शैलीमा तयार ‘तै मायाको’ सुन्ने हरेक दर्शकलाई यो गीतले छमछम नचाउने विश्वास गायक कार्कीले लिएका छन् । जसमा मोडलद्धय सुनिल क्षेत्री र एलिशा शर्माको अभिनय देख्न सकिन्छ । आफ्नी मायालुको वर्णन गरेका प्रेमीका रुपमा देखिएका सुनिलले भिडियोमा एलिशालाई चोखो प्रेम दर्शाएका छन् । तँ सम्बोधन गरिएको गीतले एक प्रेमील जोडीको प्रेम सम्बन्ध र निकटतालाई देखाएको छ ।

दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् । गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो, लगायतका दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन् । हेर्नुहोस् यो रमाइलो गीतको भिडियो

तपाईको प्रतिक्रिया