काठमाण्डौं ।

नमस्ते अनलाइन टिभी विश्व प्रख्यात ब्राण्ड फिल्ली क्याफेको सहकार्यमा एक फरक किसिमको टेलिभिजन शो आउने भएको छ । केही समयमा एक कार्यक्रमको आयोजना गरेर शो को नाम सार्वजनिक गरिने कार्यक्रम उत्पादन टोलीले लिएको छ । विश्व प्रख्यात ब्राण्ड फिल्ली क्याफे सगँको सहकार्यमा फरक ढंगबाट टेलिभिजन कार्यक्रम आउनु आफैमा गर्वको कुरा रहेको कार्यक्रम सञ्चालक अनिल गुरुङ्गले बताए ।

फिल्ली क्याफे युएई,ओमान,कतार,संयुक्त राज्य अमेरिका ,यूके,भारत र मौरिस लगायतका देखमा एक प्रसिद्ध व्राण्डको रुपमा स्थापित भएको फिल्ली क्याफेको पहिलो आउटलेट लाजिम्पार्ट काठमाडौँ नेपालमा सञ्चालन भएको छ । कार्यक्रमलाई केटिएम बेकरीले समेत साथ र सहयोग गर्ने भएको छ ।कार्यक्रमको प्रशारण नमस्ते अनलाइन टेलिभिजनबाट गरिने समेत सञ्चालक गुरुङ्गले बताए ।

तपाईको प्रतिक्रिया