- दिलीप योन्जन तामाङ


हाँस्दा हाँस्दै रुन सिकीयो, रुदा रुदै नाच्न
फाट्ने मुटु सकिएन टाल्न, गारो भो बाँच्न !

दुख्दा छाती सधैं झर्छ आसु, सकिन दैब रोक्न
दुखियालाई दुखै साहारा, सकिन खुसी बोक्न !

आफ्नै जिबन बोझ लाग्दा, ब्यार्थै लाग्छ बाच्नु
मनको पिरले मुटु खादा, आसु दिन पो साच्नु !

जती गर्‍यो झनै दु:ख, कस्तो पाए कर्म
हेर्दै हास्छन हुने खाने, बाच्नुनी लाग्छ सर्म !

जता टेक्यो उतै भासिन्छ, कस्तो जिबन यात्रा
हुँदा आफ्नो नत्र पराई, आफ्नैले देखाछ जात्रा !

तपाईको प्रतिक्रिया