पाइरेट्स अफ द क्यारिबियन र चार्ली एन्ड द चकलेट फ्याक्ट्री जस्ता उत्कृष्ट चलचित्रमा अभिनय गरेका जोनी डेप आज ६० वर्षका भएका छन् । जोनी फिल्मभन्दा पनि लागु औषधको तल, झगडा, जेल र अदालतमा चलेको मुद्दाका कारण चर्चामा छाएका छन् । सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताको विश्व कीर्तिमान पनि जोनीको नाममा छ । तर, उनको प्रारम्भिक यात्रा चरम गरिबी र सङ्घर्षले भरिएको थियो ।

आज जोनीको ६० औँ जन्मदिनमा, उनको जीवनसँग सम्बन्धित केही राम्रा र नसुनेका किस्साबारे जानकारी लिऔँ –

जोनी डेपको जन्म ९ जुन १९६३ मा अमेरिकाको केन्टकीमा भएको थियो । आमा बेट्टी होटेलमा वेट्रेस थिइन् र बुबा जोन क्रिस्टोफर डेप सिभिल इन्जिनियर थिए । परिवार गरिब थियो, त्यसैले जोनीको बाल्यकालको अधिकांश समय सहर फेर्दै आमा–बुवाको झगडा हेरेर बित्यो । फलस्वरूप जोनी यसबाट विचलित भएर बाल्यकालमा नै नशामा भुल्न थाले ।

पहिलो पटक उनले आमाको निद्राको औषधी चोरेर खाएका थिए । त्यसपछि केही दिनपछि उनलाई त्यो औषधीको लत लाग्यो । उनी धेरैजसो स्लिपिङ पिल्स खाने गर्दथे । सङ्गत पनि खासै गतिलो थिएन, १२ वर्षको उमेरमा चुरोट पिउन थाले ।

१४ वर्ष पुग्दा नपुग्दै जोनीले सबै प्रकारको लागु औषध लिन थालिसकेका थिए । उनी १५ वर्षको हुँदा उनको आमाबुवाको सम्बन्ध विच्छेद भयो र उनकी आमा रोबर्ट पामरले दोस्रो विवाह गरिन् । रोबर्ट एक सङ्गीतकार थिइन् । उनले आमालाई प्रेरणा मान्थे ।

johny depp1प्रतिभा देखेर प्रधानाध्यापकले विद्यालयबाट निकाले

१२ वर्षको उमेरमा जोनीले गितार बजाउन सिक्ने थाले र ब्यान्डका लागि प्रस्तुति दिन थाले । जोनी १६ वर्षको हुँदा उनले ब्यान्डका लागि आफ्नो मिरामर हाई स्कुल छोडिदिए । दुई सातापछि विद्यालयमा पुनः भर्ना हुन खोज्दा प्रिन्सिपलले उनीभित्र प्रतिभा भएको र सङ्गीतकार बन्ने सपना पूरा गर्न कडा मेहनत गर्नुपर्छ भनी भर्ना गरेनन् ।

johny depp2टेलिमार्केटिङ जस्ता स–साना कामबाट कमाउने गर्थे

सन् १९८० सम्म, जोनी द किड ब्यान्डका लागि गितार बजाउन थाले, तर यसले उनलाई पैसा भने दिएन । उनले घर चलाउनका लागि कहिले टेलिमार्केटिङ त कहिले पसलमा काम गरे ।

johny depp3पहिलो विवाह २० वर्षको उमेरमा भएको थियो

सन् १९८३ मा, जोनीले मेकअप आर्टिस्ट लोरी एन एलिसनसँग विवाह गरे । एलिसन उनको ब्यान्डका सदस्यका बहिनी थिइन् । यी दुई ब्यान्डसँगै लस एन्जिलिस सरे । केही महिनापछि नै ब्यान्डका सबै सदस्य कमाई नभएपछि अलग्गिए । यस्तोमा जोनीकी श्रीमती लोरीले उनलाई अभिनेता निकोलस केजसँग भेट गराइन् जो घोस्ट राइटर र द नेशनल ट्रेजरजस्ता फिल्मका लागि चर्चित छन् ।

त्यति बेला निकोलस हलिउडमा नयाँ थिए । उनी जोनीकी श्रीमती लोरीका साथी थिए । केही भेटघाटपछि जोनी र निकोलसको दोस्ती जम्यो र यी दुई सँगै बसेर रक्सी पिउन थाले ।

फिल्ममा आउने बित्तिकै छुट्यो श्रीमतीको साथ

एक दिन निकोलसले नै जोनीलाई अभिनेता बन्ने सल्लाह लिए र उनले फिल्मको अडिसनका लागि निर्देशक वेस क्रेवनसँग भेट गराइदिए । जोनीलाई अभिनयको अनुभव थिएन तर उनले यति दमदार अडिसन दिए कि उनले फिल्म ए नाइट मेयर अन एल्म स्ट्रिट (१९८४) मा सपोर्टिङ भूमिका पाए । फिल्ममा आएको एक वर्षपछि नै उनले लोरीसँग सम्बन्ध विच्छेद गरे ।

स–साना भूमिका गरेपछि जोनी सन् १९९० को फिल्म क्राय बेबीमा देखिए । यो फिल्म बक्स अफिसमा फेल भयो तर जोनीले अत्यधिक तारिफ पाए । एडवर्ड सिजरह्यान्ड्सबाट जोनी चर्चित अभिनेतामा पर्न थाले । सन् २००३ मा रिलिज भएको पाइरेट्स अफ द क्यारिबियनबाट जोनी स्टार बने र उनले फाइन्डिङ नेभरल्याण्ड, पब्लिक एनिमिज, चार्ली एन्ड द चकलेट फ्याक्ट्रीजस्ता उत्कृष्ट फिल्ममा काम गरे । जोनी डेपले आफ्नो करियरमा गोल्डन ग्लोब अवार्ड पाइसकेका छन् । यस्तै उनले ओस्कारका लागि तीन पटक नोमिनेसन पाएका छन् ।

२ नायिकासँग इन्गेजमेन्ट टुट्यो

लोरीसँग सम्बन्ध विच्छेद पछि, जोनीले आफ्ना पब्लिसिस्ट ट्रसीलाई आफू फिल्म डर्टी डान्सिङकी नायिका जेनिफर ग्रेलाई मन पराउने बताए । त्यसको भोलिपल्ट नै ट्रेसीले यी दुईको ब्लाइन्ड डेटको आयोजना गरे । दुई हप्ताको भेटघाटपछि यी दुईले इन्जेगमेन्ट गरे । तर त्यसको ८ महिनापछि नै यी दुई अचानक अलग्गिए र जेनिफरले अरू कसैसँग इन्गेजमेन्ट गरिन् । यति नै बेला जोनीको अभिनेत्री शेरिल फेनसँग सम्बन्ध रह्यो । यी दुईले पनि इन्गेजमेन्ट गरे तर त्यो पनि केही महिनामा नै टुट्यो ।

johny depp4विनोना रेडरको नामको बनाएका थिए ट्याटु

सन् १९८९ मा फिल्म ग्रेट बल्स अफ फायरको प्रिमियरमा जोनीको भेट विनोना रेडरसँग भयो । यी दुईले एक अर्कालाई पहिलो पटक देख्दा नै मन पराए । केही समयको भेटघाटपछि यी दुई बेवर्ली हिल्समा लिभ इनमा बस्न थाले र हलिउडका निकै प्रिय जोडी बने ।

त्यति बेला विनोना १७ वर्षकी मात्रै थिइन् । जोनी आफ्नी प्रेमिकाका लागि यति सिरियस थिए कि उनले विनोनाको नामको ट्याटु पनि बनाएकी थिइन् । यद्यपि, तीन वर्ष पछि सन् १९९३ मा यी दुई अलग्गिए ।

विनोनाले आत्महत्याको कोसिस गरेकी थिइन्

जोनी डेप विनोनाको पहिलो प्रेम थिए । यस्तोमा ब्रेकअपपछि उनी नराम्रोसँग टुटेकी थिइन् र उनले यसबाट निस्कनका लागि रक्सी र चुरोटको सहारा लिएकी थिइन् । आफ्नो आत्मकथामा विनोनाले लेखेकी थिइन् – नशामा हुँदा एक पटक उनी ठुलो दुर्घटनाबाट जोगिएकी थिइन् । उनले भनेकी छिन्, ‘त्यति बेला म डिप्रेसनमा थिएँ । मैले एउटा होटेलमा चेक–इन गरेँ । आफूलाई कोठामा बन्द गरेँ र चुरोट पिउन सुरु गरेँ । नशामा थिएँ, मुखमा चुरोट थियो, त्यति नै बेला म निदाएछु । पछि निद्राबाट ब्युँझिदा कोठामा आगलागी भएको थियो ।’

विनोनासँगको ब्रेकअपले जोनीलाई पनि नराम्रोसँग विक्षिप्त पारेको थियो । केही समय पछि उनले विनोना रेडरको नाम भएको ट्याटु ‘….’ लाई ‘…’ बनाए । सन् १००४–१९९८ सम्म जोनीको सम्बन्ध केट मोससँग रह्यो ।

johny depp5प्रेमिकाबाट २ सन्तान, १४ वर्षपछि ब्रेकअप

सन् १९९८ मा जोनी डेपको भेट फ्रेन्च मोडल भेनेसा पाराडिससँग भयो । केही समयपछि यी दुईबीच सम्बन्ध स्थापित भयो । दुवै १४ वर्षसम्म सम्बन्धमा रहे, तर विवाह गरेनन् । भेनेसाले सन् १९९९ मा जोनीकी छोरी लिली रोज डेप र सन् २००२ मा छोरा ज्याकलाई जन्म दिइन् ।

विश्वमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताको विश्व रेकर्ड

सन् २०१२ मा जोनी डेपको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भयो । जोनी विश्वको सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् जसले वार्षिक ७५ मिलियन डलर कमाउँछन् । उनको कुल सम्पत्ति १५० मिलियन डलर छ ।

johny depp6जोनी निजी टापुको मालिक हुन्

सन् २००४ मा, जोनी डेपले बहामासबाट ९६ किलोमिटर टाढा एउटा निजी टापु किनेका थिए, जसको नाम लिटिल हल्स पोन्ड क्ले हो । उनले यो टापु ३.६ मिलियन डलर मा किनेका थिए, जसको मूल्य अहिले ७५ मिलियन डलर हो ।

johny depp7३ पटक जेल गए, विवादमा परे

सन् १९८९ मा, जोनी डेप एक सुरक्षा गार्डलाई आक्रमण गरेको आरोपमा जेल परेका थिए । जोनी आफ्नो होटेलको कोठामा चर्को स्वरमा म्युजिक पार्टी गरिरहेका थिए, सुरक्षा गार्डले उनलाई रोकेपछि उनले कुटपिट गरेका थिए ।

सन् १९९४ मा, जोनी द मार्क होटेलको कोठामा तोडफोड गरेको आरोपमा जेल परेका थिए । उनी आफ्नी प्रेमिका केट मोससँग त्यहाँ गएका थिए, तर रक्सीको नशामा झगडा गर्दै उनले कोठाको सामान तोडफोड गर्न सुरु गरेका थिए ।

सन् १९९९ मा जोनीले लन्डनको मिराबेल रेस्टुरेन्ट बाहिर पापाराजीलाई धम्की दिँदै एक पापाराजीलाई काठले कुट्ने प्रयास गरे, उनी त्यसो गरेको आरोपमा पक्राउ परेका थिए ।

मदिरामा महिनामा ३८ लाख रुपैयाँ खर्च गर्थे

११ वर्षको उमेरदेखि नै मादक पदार्थ सेवन गरेका जोनी डेपले २०१३ देखि मदिरा खान छाडेका छन् । यद्यपि, एक समय यस्तो थियो जब उनी महिनामा ३८ लाख रुपैयाँको मदिरा खान्थे ।

केही वर्षअघि जोनीका बिजनेस म्यानेजरले आफूले हरेक महिना ३० हजार डलर वाइनमा खर्च गर्ने बताएका थिए । यद्यपि, सन् २०१८ मा, जोनीले व्यापार प्रबन्धकले गरेको ३८ लाखको रक्सीको दाबी गलत र अपमानजनक भएको बताएका थिए । किनभने उनका अनुसार उनले योभन्दा बढी रक्सीमा खर्च गर्ने बताएका थिए ।

johny depp8जोनी डेपसँग १४ वटा घर, ४५ लक्जरी कार र ७० वटा गिटार

जोनी डेपका विश्वभर १४ वटा घर छन् जसको मूल्य ७५ मिलियन डलर छ । जोनीसँग ७० महँगा गिटार र २०० भन्दा बढी प्राचीन कलाकृतिहरू छन् । उनले आफ्ना ४५ लक्जरी गाडीमा २६४ करोड रुपैयाँ खर्च गर्छन् । जोनीले आफ्नो सेक्युरिटी र स्टाफमा हरेक महिना करिब ४ करोड रुपैयाँ खर्च गर्छन्, जबकि उनका बच्चाहरूको लागि पूर्ण समय सुरक्षा खर्च १.९६ करोड रुपैयाँ छ ।

johny depp9जोनी डेप भर्सेस एम्बर हर्ड

जोनी डेप र सह–कलाकार एम्बर हर्ड फिल्म द रम डायरी (२०११) को छायाङ्कन गर्दा सम्बन्धमा आए । दुवैले ३ फेब्रुअरी २०१५ मा विवाह गरेका थिए । त्यसको अर्को वर्ष, २३ मे २०१६ मा, दुवैले सम्बन्ध विच्छेद गरे ।

सम्बन्ध विच्छेद हुँदा, एम्बरले जोनी डेपमाथि रक्सीले मातेर दुर्व्यवहार र आक्रमणको गम्भीर आरोप लगाएकी थिइन् । त्यसपछि, काउन्टर–ल सुटमा जोनीले यी आरोप अस्वीकार गर्दै आफूले नभई एम्बरले चाहिँ उनीमाथि कुटपिट गर्ने गरेको बताए । जोनीले एम्बरले पैसाको लोभमा आफूमाथि निराधार आरोप लगाएको बताए । त्यस बेला अदालतले एम्बरको पक्षमा फैसला गरेको थियो ।

सन् २०१९ मा, जोनीले एम्बरलाई आफ्नो छवि बिगारेको आरोप लगाउँदै मुद्दा दायर गरे । साथै जोनीले एम्बरले वाचा गरे अनुसार सेटलमेन्ट रकम दान नगरेको पनि बताए । करिब २ वर्ष चलेको मुद्दा पछि २०२२ मा अदालतले जोनी डेपको पक्षमा फैसला दियो र १० मिलियन डलरको क्षतिपूर्तिको फैसला सुनायो ।

johny depp11जोनीले कान्स २०२३ मा ७ मिनेट स्ट्यान्डिङ ओभेसन पाए

जोनी डेपले १६ मे २०२३ मा रिलिज भएको फिल्म जीन डु ब्यारीबाट पुनरागमन गरेका छन् । फिल्मको प्रिमियर कान्स २०२३ मा भएको थियो, जसलाई हेरेपछि कान्समा उपस्थित मानिसहरूले जोनी डेपलाई ७ मिनेट स्ट्यान्डिङ ओभेसन दिएका थिए । डिज्नीको फिल्म फ्रन्चाइज पाइरेट्स अफ द क्यारिबियनको अर्को पार्टबाट पनि जोनीलाई हटाइएको थियो । यद्यपि जोनी यसमा फर्केलान्, नफर्केलान् भनेर अझै स्पष्ट छैन ।

तपाईको प्रतिक्रिया