विराटनगर ।
सरकारले चलचित्र क्षेत्रलाई उपेक्षा गरेको भन्दै निर्माता तथा निर्देशक रिमेश अधिकारीले आपत्ति जनाएका छन् ।

सरकारले चलचित्र क्षेत्रको संरक्षण गर्न लागिपर्नु पर्नेमा वार्षिक बजेट पनि नछुट्याउने गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुका लेखेका छन् ‘कुनै पनि देशको संस्कृति, भाषा, भेषभुषा, इतिहास, पर्यटन, सामाजिक परिवेश, रितिरिवाज, धर्म, देशको स्वाधिनता पहिचान संरक्षण विश्व माझ पु¥याउने पहिलो शसक्त माध्यम भनेकै कला क्षेत्र र विशेष चलचित्र हो । तर यही क्षेत्रलाई सरकारले न संरक्षण गरेको छ नत व्यबस्थित नै, न दरिलो कुनै नीति नियम कानुन छ । अन्य देशबाट सिक्ने बुझ्ने फुर्सद निकाल्ने कि सरकार ?’

उनले यस क्षेत्रबाट हजारौंले रोजगारी पाएको, सरकारलाई कर तिरेको भएपनि सरकारले यस क्षेत्रको विकास र कलाकर्मीको संरक्षणमा ध्यान नदिएको उल्लेख गरेका छन् ।

उनले सरकारको यो क्षेत्र प्रति कुनै दायित्व हुने कि नहुने भन्दै प्रश्न समेत गरेका छन् । उनले अब उपरान्त यस क्षेत्रलाई उपेक्षा नगर्न माग गर्दै चलचित्र बिकास बोर्डलाई अभिलम्ब स्वायत्तता बनाउन सरकारसँग माग गरेका छन् ।

उनले सधैँभरी यस क्षेत्रलाई यसरीनै उपेक्षा गर्ने हो भने चलचित्र बनाउन दिने इजाजत रोकेर बिकास बोर्ड खारेज गर्न भनेका छन् ।

चलचित्र क्षेत्रको हकहितका लागि भनिएर खोलिएका संस्थाहरूलाई राजनिति गर्ने थलो नबनाउन पनि उनले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया