अष्ट्रेलिया, १४ असार । निजम केशी फिल्म्स् (Nizam KC Films) ले अष्ट्रेलियाको एडिलेडबाट अष्ट्रेलियामा पाेडकास्ट (AustraliaMa Podcast) नामक आफ्नो तेस्रो सिजन नि सुरु गर्ने भएको छ। पोडकास्टर निजम केसी (Nizam KC) ले सो पोडकास्टको दुइवटा सिजन अष्ट्रेलियाबाटै सफल्तापुर्वक चलाइसकेका छन्। अष्ट्रेलियामा बसाई र कामको सिलसिलामा त्यहाँ पुगेका मानिसहरुसंग त्यताको जीवन र काम सम्बन्धी विभिन्न कुराकानी हरु उक्त पोडकास्टमा हुँदै आइरहेका छन्। आफ्नो कला देखाउन अष्ट्रेलिया पुगेका विभिन्न सेलिब्रेटिहरुसंग पनि निजमले पोडकास्ट चलाइ सकेकाछन्। तेस्रो सिजनलाई अझ रोचक बनाउन लाईभ पोडकास्ट चलाउने कुराको तयारी पनि भइरहेको पोडकास्टर निजम केसीले हामीलाई जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया