तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहनु भएका लोकप्रिय गायक दीपक बज्राचार्य सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज ‘प्रोजेक्ट नजिक’ सहित आउदै छ्न ।

नयाँ र केहि पुराना गरी करिब ९ वटा गीतहरुलाइ नयाँ शैलीमा एक एक गरीआफ्नो दर्शक श्रोताहरु माझ ल्याउने र नयाँ प्रस्तुतिहरुलाई म्युजिक भिडियोमा मात्र सिमित नराखी बिल्कुल फरक शैलीमा ‘प्रोजेक्ट नजीक’ लिएर देश तथा विदेशमा बस्ने दर्शक, स्रोतामाझ आउने तयारीमा गायक बज्राचार्य छन् ।

के हो त ‘प्रोजेक्ट नजीक’ ?
प्रोजेक्ट नजीक एउटा “डीजाइनिङ्ग शो” हो जसलाई ३ खण्डमा बाँडिएको छ।

१. स्पट लाइट इभेन्ट ( अनप्लग लाइभ )
यस खण्डमा आफ्नो गीतलाई फरक शैलीको प्रस्तुतिका साथ अहिले सम्म नसुनिएका र नगरिएका कुराकानीहरु पनि गरिनेछ ।

२. नजीक मोमेन्ट ( मिट एण्ड ग्रीट )
आफ्नो दर्शक श्रोतालाई अझ नजीकबाट चिन्न र चिनाउन तथा केहि समय संगै बिताएर त्यो रमाइलो पललाई केहि तस्बीरहरुमा कैद गर्ने कोसिस गरिनेछ ।

३. इ डी एम सेसन (अपबिट कन्सर्ट )
अन्तिममा सधै झैं मुख्य कार्यक्रमको मज्जा लिदै नाच्न गाउन र रमाउनको लागि बिशेष तयार गरिएको नयाँ तथा पुराना गीतहरुको प्रस्तुतिमा सबै रमाउनेछन ।

प्रोजेक्ट नजीकको मुख्य उद्धेश्य भनेको नै पर्फर्मर र दर्शक बीच निकटता ल्याउनु हो ।
प्रोजेक्टको एउटा विशिष्ठ खण्डको पहिलो झलक स्वरूप एउटा नयाँ गीत ‘एक्लो’ हालै रिलिज गरिएको छ भने करिब २ महिनाको बिचमा अन्य गीतहरु पनि सार्वजनिक गरिनेछ ।

तपाईको प्रतिक्रिया