विराटनगर । राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीले पञ्चेबाजासहित धान रोपाईं गरेका छन् । झोराहाट नाट्य समूहको संयोजनमा विद्यालयका कक्षा १ र कक्षा १० का विद्यार्थीहरुले रोपाई गरेका हुन् । विद्यालयका प्राचार्य, सह–प्राचार्यसहित खेतमा पुगेका विद्यार्थीहरुले हिलो छ्यापाछ्याप गर्दै रोपाई गरेका हुन् । करिब तीन सय विद्यार्थीले धान दिवसको अवसरमा रोपाई गरि दहि च्यूरा खाएर फर्किएका छन् । नेपाल कृषिप्रधान देश भएपनि शहरमा बस्ने पछिल्लो पुस्ताले कृषि पेशाका बिषयमा जानुन भन्ने उद्देश्यले रोपाई कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य टिकाराम पुरीले बताउनुभयो । उहाँले कृषकहरुको सम्मानका निम्ति हरेक नागरिकले कृषि पेशालाई बुझ्न आवश्यक रहेको तर्क गर्दै व्यवहारिक ज्ञान दिलाउन रोपाई गरिएको बताउनुभयो । झोराहाट नाट्य समूहका सञ्चालक तथा नाट्यकार भरत गुरागाई (बरबरिक) ले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एभरेष्ट स्कुलले व्यवहारिक शिक्षामा दिएको जोडको प्रशंशा गर्नुभयो । कार्यक्रममा सहभागि विद्यार्थीहरुले रोपाईंका बिषयमा जानकारी पाएको मात्र नभई निकै रमाइलो अनुभूति भएको प्रतिकृया दिएका छन् ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
राजन चौलागाईं (खैरांते) र बबिना किराँतीको स्वरमा “बालेन सिटि काठमाण्डौ” बजारमा (भिडियो सहित)
काठमाण्डौ । लोक दोहोरी गीत संगीतको बजारमा रामशरण खरेलले “बालेन सिटि काठमाण्डौ” बोलको गीतलाई भर्खरै सार्वजनिक...
‘देशको आवश्यकताअनुसार बनेको वर्तमान सरकार कसैले चाहँदैमा ढल्दैन’
धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्...
अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक
अमेरिका : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न इच्छुक रहेको आफ्ना सल्लाह...
विराटनगर महानगरपालिकालाई सरसफाई मोबाइल एम्बुलेन्स रिक्सा हस्तान्तरण
विराटनगर ÷ विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन सामाजिक संस्थाहरुले समेत चासो देखाउन थालेका छन् । पछिल्लो समय विराटनगर...
एभरेष्ट जस्ता स्कुलका कारण विराटनगर शैक्षिक हब बनेको होः मेयर नागेश कोइराला
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर– ५ स्थित एभरेष्ट स्कुल जस्ता विद्यालयका कारण विराटनगर...
मेलिनाको लगनगाँठो : एलिनाको दरार
काठमाडौं । केही दिनयता नेपाली दुई चर्चित गायिकाहरूको पारिवारिक सम्बन्धका खबरले एक गायिकाका प्रशंसक खुसी छन् भने अर्की गा...