काठमाण्डौ श्रावन १३ – यस वर्षा नेपाली नारीहरुको महान चाड हरितालिका तीज केहि ढिलो हुँदा पनि गीत संगीतको बजारमा तीजगीतहरु प्रसत्र मात्रामा सार्बजनिक भैसकेका छन् । अहिले कलाकारहरुलाई अरु भन्दा पछाडी पर्छु कि भन्ने सोचलेआफ्ना सिर्जनाहरु सार्बजनिक गर्न भ्यानाभ्याई छ । यसै भिडमा स्थायी घर धादिङ्ग भएकी र हाल काठमाण्डौमा रहेर कलाकारिता यात्रा अगाडी बढाई रहेकी लोकप्रिय गायिका गीता सेन्चुरी र राजु आर डी को सुमधुर स्वरमा तीज गीत “सम्झेको छैन र” सार्बजनिक भएको छ ।

गीताले यस भन्दा पहिले पनि थुप्रै तीज गीत तथा दोहोरी गीत सार्बजनिक गर्दै आएकी छिन् । उनले अन्य पहिलेका गीतलाई जसरी श्रोता तथा दर्शकहरुले मन परईदिनु भयो उसै गरेर नै यस गीतलाई पनि मन पराईदिनुहुने आशा ब्यक्त गर्दछिन् । प्रस्तुत गीतमा लय शब्द राजु आर डी ले भएका हुन् भने गीतलाई थप आकर्षक बनाउनका निमित म्युजिक भिडियो पनि सार्बजनिक गरिसकिएको छ ।

राजु आर डी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा राजु आर डी संचिता बोलाखे र अनु पराजुलीको अभिनय देख्न सकिन्छ । “सम्झेको छैन र” बोलको गीतको म्युजिक भिडियोलाई राजकुमार मगरले निर्देशन गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन दुर्गेश रानाले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=J4tMDhcdwDw

तपाईको प्रतिक्रिया