इटहरी/ लोकप्रिय प्रफर्मर, गायक तथा मोडल दुर्गेश थापाले भोजपुरी म्युजिक भिडियोमा डेब्यु गरेका छन् । उनले ‘कम्मर लप लप करे’ बोलको गीतमा भोजपुरी तथा मैथिली म्युजिक भिडियो उधोगकी चर्चित मोडल तथा अभिनेत्री मेनुका माझीसंग फिचर्ड गरेका छन् । शनिबार कोशी प्रदेशको झुम्कामा अवस्थित म्याजिक सिनेमा हलमा उक्त म्युजिक भिडियोको सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरिएको थियो । रामधुनी नगरपालिकाका नगरप्रमुख संकरलाल चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कोशी प्रदेशमा रहेर चलचित्र क्षेत्रमा सक्रिय रहेका चलचित्रकर्मी तथा कलाकारहरुको उपस्तिथि रहेको थियो ।

यता कार्य ब्यस्तताका कारण गीतका मोडल दुर्गेश भने कार्यक्रममा उपस्थित थिएनन् । उनको अनुपस्थितीमा पनि मोडल मेनुका माझिले कोरस डान्सरहरुसंग सार्वजनिक गरिएको गीत ‘कम्मर लप लप करे’ मा नृत्य गरेकी थिइन् । उनले निकै मेहनतका साथ सो म्युजिक भिडियो निर्माण गरिएको हुनाले सबैले हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् । भारतको लोकप्रिय युट्युब च्यानल ‘वेभ म्युजिक’ बाट सार्वजनिक गरिएको गीतको भिडियोमा आफ्नो निर्देशकिय क्षमता देखाउन सक्दो कोशिश गरेको निर्देशक अरुण कुमार प्रधानले उक्त कार्यक्रममा बताए ।

निर्देशक प्रधानले बिराटनगर एयरपोर्टमा प्लेन होल्ड गरेर अनि सेक्युरिटी कडा हुने क्यासिनोमा भिडियो छायांकन गर्न निकै कठिनाइ र चुनौतीको सामना गर्नुपरेको पनि सम्झिए । सार्वजनिक गीतमा सुस्मिता सिह र सतेन्द्र जिको स्वर रहेको छ । बिरेन्द्र कुमारको शब्द समावेश गरिएको गीतमा गायक सतेन्द्रकै संगीत समावेश गरिएको छ । उक्त ‘कम्मर लप लप करे’ बोलको गीतको भिडियोलाई छायांकन भने लुजा शिहले गरेका छन् । भिडियोमा कार्तिक राजबंशीको कोरियोग्राफी, मिलन विश्वकर्माको सम्पादन तथा निर्माताको रुपमा रिता खड्का रहेकी छन् ।

तपाईको प्रतिक्रिया