मोडल नीति शाहलाई फिल्म क्षेत्रमा प्रवेश गर्न नै हम्मे हम्मे परिरहेको छ । उनले फिल्म त ४ वटा साइन गरिन् । तर, सबै फिल्म निर्माण नै नहुने अवस्था आएपछि उनलाई फिल्म क्षेत्रमा ‘अनलक्की’ पनि भन्न थालिएको छ ।

नीति शाहलाई पछिल्लो पटक साइन गरेको फिल्म ‘रावायण’ त बन्छ भन्ने पक्का थियो । किनकी, यो फिल्मको तयारी पनि चलिसकेको थियो । तर, अन्तिम समयमा फिल्मको निर्माणपक्ष र नायक अनमोल केसीविच कुरा नमिल्दा, छायांकन नै अन्यौलमा छ । अब, फिल्ममा अनमोल नहुने त पक्का जस्तै भैसकेको छ । निर्देशक सुदर्शन थापाले अरु नै नायक लिएर फिल्म बनाउँछन् या के गर्छन्, भन्न सकिने अवस्था छैन ।

मेरो फिल्मलाई श्रोतले दिएको जानकारी अनुसार, नीतिले यो फिल्मका लागि ‘डिग्री माइला’बाट आएको अफर टुक्राइन् । यो फिल्मका लागि कुरा आउँदा आफ्नो ‘रावायण’को सुटिङ हुन लागेको जानकारी उनले दिइन् । अहिले, ‘डिग्री माइला’को छायांकन धमाधम भैरहेको छ । ‘रावायण’को छायांकन भने अन्यौलमा छ ।

फिल्म ‘कामिनो’ पनि छाड्नु परेपछि दिक्क हुँदै नीति मुम्बई लागेकी थिइन् । तर, फिल्म ‘रावायण’का लागि अफर आएपछि उनी नेपाल आएकी थिइन् । नीतिका लागि फिल्म क्षेत्रमा प्रवेश गर्न यति गाह्रो किन भैरहेको होला ?

तपाईको प्रतिक्रिया