काठमाडौं। नेपाल नेत्रहिन सङ्घको २५ औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा सङ्घका निद्रेशक नरबहादुर लिम्बुले दृष्टिविहिन व्यत्तिले शव्द र स्पर्सका आधारमा जिवनयापन गर्नुपरेको बताएका छन् । उनले संघ मार्फत दृष्टिविहीन व्यक्तिहरुको शिक्षा, रोजगारका लागि वकालत गर्दै आएको बताए ।
सङ्घद्वारा राजधानीमा आयोजित कार्यक्रममा महिला तथा सामाजिक मामिला समिति प्रमुख किरण कुमार शाहले नेत्रहिन बालबालिकाको अभिभाकत्व ग्रहण गर्न आफु तयार रहेको प्रतिवद्धता जनाएका छन्।
शाहले दृष्टिविहिनलाई विगतमा केही गर्न नसक्ने भनि हेला होचो गरे पनि वर्तमानमा नेत्रहिन व्यक्तित्वहरूले उच्च शिक्षा हासिल गर्दै विभिन्न तह र तप्कामा रहेर उदाहरणीय काम गरेर देखाइरहेको बताएका छन्।
नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घका अध्यक्ष देवी आचार्यले यस संस्थाले नेत्रहिनलगायत अन्य अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक पर्दा सक्दो उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए।
श्रवण, दृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नुरू शेर्पाले सरकारले सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सुनिश्चत गर्नुपर्नेमा जोड दिए।
शेर्पाले अपाङ्गता भएका व्यक्तिले राज्यका लागि योगदान दिइरहेको र यस सम्वन्धि राष्ट्रिय कानुन बनाएको र अन्तर्राष्ट्रिय महासन्धीमा पनि नेपालले हस्ताक्षर गरेकोले पूर्ण सहयोगको आवश्यकता परेको व्यक्तिका लागि राज्यले सहयोग गर्नुपर्ने बताएका छन्।
नेत्रहिन सङ्घका सल्लाहकार डा. विरेन्द्र पोखरेलले यस सङ्घको सुरूवातदेखि नै नेत्रहिन लगायत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया