काठमाडौं । जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको शोकमा नेपाली क्रिकेट खेलाडीहरुले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध खेलिरहेका छन् ।

आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटको फाइनल खेलमा नेपाली खेलाडीहरुले हातमा कालोपट्टी बाँधेका हुन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेल अगाडि नेपाली खेलाडीहरुले मौनधारणसमेत गरेका थिए ।

गत शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको ज्यान गइसकेको छ ।

यस्तै नेपाल क्रिकेट संघ (क्या) ले नेपाल र ओमानबीचको आजको खेलको टिकट बिक्रीबाट संकलित रकमको आधा रकम भूकम्प प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिहेको छ ।

तपाईको प्रतिक्रिया