काठमाडौं : आगामी शुक्रबार देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘दिमाग खराब’को अग्रिम बुकिङ खुल्ला गरिएको छ। सोमबार केही हलहरुमा खुल्ला गरिएपनि मंगलबारदेखि देशभरका अधिकांश हलहरुमा बुकिङ खुल्ला गरिएको हो। हलमा सिनेमालाई राम्रै शो दिइएको छ।

निश्चल बस्नेत निर्देशित यो सिनेमाले आक्रमक ब्यापार गर्ने आँकलन गरिएको छ। समसामयिक राजनीति र विषयबस्तुलाई सिनेमामा उठाइएको छ। यस अघि रिलिज भएका टिजर, ट्रेलर र गीतले दर्शकको मन जित्न सफल भएका छन्। अब पूरै सिनेमाले दर्शकको मन कत्तिको जित्ने हो त्यो भने हेर्न बाँकी नै छ।

लामो समयपछि यो सिनेमाबाट निश्चल निर्देशनमा कमब्याक भएका हुन्। यस् अघि उनले निर्माण गरेका सिनेमाहरु बक्सअफिसमा सुपरहिट हुन सफल भएका थिए। यो सिनेमामा पनि दर्शकले निश्चलमाथि उत्तिकै आश गरेका छन्।

दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, सुपुष्पा भट्ट, पुष्कर गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। सुजन बम ठकुरी सिनेमाका निर्माता हुन्। सिनेमाको कथा आकाश बरालले लेखेका हुन्।

तपाईको प्रतिक्रिया