काठमाडौं । काठमाडौंमा एक फिल्म निर्देशक हनि ट्रयापमा फसेका छन् । फेसबुकमार्फत चिनजान भएकी युवतीसँग डेटिङ जाँदा बराल थरका ती व्यक्ति फसेका हुन् ।

डेटिङ जाने क्रममा बलात्कार प्रयास गरेको भन्दै युवतीले ब्यालकमेलिङ गरेकी हुन् । जसमा १५ लाख माग भएकोमा साढे तीन लाख दिएका थिए । थप मागेपछि प्रहरीमा उजुरी दिएर तीन जनालाई पक्राउ गराएका छन् ।

झापाकी अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक बलेफीका विमल सुवेदी र दिपक पराजुली पक्राउ परेका हुन् । विमलले नै युवती प्रयोग गरी त्यसरी ती फिल्म निर्देशकलाई फसाएको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तीनै जनाविरुद्ध अपराधिक लाभ मुद्दा दायर गरेको छ ।

युवतीले भने बयानमा आफूलाई फिल्ममा खेलाउने भन्दै विभिन्न ठाउँमा डेटिङमा लगेर यौन प्रस्ताव राखेको बताएकी छिन् । पक्राउ परेकी युवती पहिला पोखराको किंग्स लाउञ्जमा काम गरेको खुलेको छ ।

तपाईको प्रतिक्रिया