सबैको मनमा एउटै सोचाई छ कि हामीले सेवन गर्ने कफी हाम्रो शरीरका लागि हानिकारक हुने गर्दछ । कफीमा एक प्रकारको रसायन हुन्छ जसले दिमागमा असर गर्छ भन्ने मान्यता रहेको छ । तर अध्ययनहरुले कफी सेवन गर्दा बिभिन्न फाईदा हुने कुरालाई उल्लेख गरेका छन् ।

कफी सही मात्रामा सेवन गर्नाले कलेजो सम्बन्धि जटिलता, फ्याटी लिभर र लिभर सिरोसिस जस्ता समस्याहरुको जोखिम कम गर्नका लागि लाभदायक हुने अध्ययनले देखाएको छ । अध्ययन भन्छ– कफी पिउनेहरुमा हृदयघात र मस्तिष्कघात हुने संभावना एकदमै कम हुन्छ । कफीको मात्रा मिलाएर गरेको सेवनले मुटुको स्वास्थ्य , न्युरोजिकल डिस्अर्डर तथा मधुमेहका रोगीहरुलाई समेत फाईदाजनक रहेको छ । जोन्स हप्किन्सको रिपोर्ट अनुसार, महिलाहरूलाई दिनको तीन देखि पाँच कप कफी पिउन सिफारिस गरिएको छ ।

तर यसरी पिउने कफी ४ सय मिलिग्राम क्याफिन भन्दा बढी हुनु हुदैन । तर गर्भवति महिलाहरुले चिकित्सकको सल्लाह लिनु पर्ने उल्लेख छ । कफीको नियमित सेवनले डिप्रेसनका रोगीहरुलाई समेत फाईदा पुग्ने अध्ययनले देखाएको छ । अध्ययनका अनुसार दैनिक रुपमा दुई कप कफी पिउनाले डिप्रेसनको जोखिम ८ प्रतिशतले कम हुने देखाएको छ ।

कफीले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र चिन्ता विकारहरू कम गर्न पनि फाइदाजनक हुन्छ। त्यस्तै कफी पिउनुका अन्य फाईदाहरु पनि रहेका छन् । जसमा शारीरिक परिश्रम गरेपछि कफी पिउँदा दुखाई कम हुने , शरीरका लागि आवश्यकिय फाइबरको मात्रा प्राप्त हुने , कलेजोको सिरोसिस हुनबाट जोगाउँछ ।

त्यस्तै दैनिक कफी पिउने व्यक्तिमा मधुमेहको जोखिम २२ प्रतिशत कम हुने , अल्जाइमर रोगको जोखिम कम गर्न सहयोग गर्ने , पार्किन्सन सहितका जोखिम कम गर्न सहयोग गर्दछ । त्यस्तै डीएनए समेत बलियो बनाउने अध्ययनको दाबी रहेको छ ।

तपाईको प्रतिक्रिया