काठमाण्डाै – चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले जापानलाई ६७ रनले हराएको छ ।

हङकङमा आज बिहान भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो ।

जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट भयो । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा सङ्गीता राईले ३ र पूजा महतोले २ विकेट लिइन् ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । त्यस्तै, कप्तान इन्दु बर्माले २७ रन जोडिन् । शृङ्खलामा यसअघि नै तान्जानिया र हङकङसँग पराजित भएकाे नेपाल फाइनलमा पुग्न सकेन । हङकङले आयोजना गरेको शृङ्खलामा घरेलु टोलीसहित नेपाल, जापान र तान्जानिया सहभागी छन् ।

तपाईको प्रतिक्रिया