काठमाण्डाै – पाेखरामा चलिरहेकाे केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा पुलिसले मधेसलाई ५७ रनले हरायाे ।

पुलिसले दिएकाे १ सय ७६ रनकाे लक्ष्य पछ्याएकाे मधेस १८ ओभर २ बलमा १ सय १८ रनमा अल आउट भयाे । मधेसका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । यस्तै इमरान शेखले २२ रन जाेडे । बलिङतर्फ पुलिसका करण केसी, सागर ढकाल, रशिद खान र ललित राजवंशीले समान २ विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ राेजेकाे पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनायाे । पुलिसका कुशल भुर्तेलले शतक बनाए । उनी ५७ बलमा ७ छक्का र ८ चाैकाकाे मद्दतमा १ सय २ रन बनाएर आउट भए । कुशल भुर्तेल केपी ओली कपमा शतक बनाउने पहिलाे खेलाडी बनेका छन् । बलिङतर्फ मधेसका विशाल पटेल र विशाल शुस्लिङले समान २ विकेट लिए ।

तपाईको प्रतिक्रिया