काठमाण्डौ मंगसिर १५ – मलेसियामा ठूलो सङ्ख्यामा नेपाली युवा युवती रोजगारीका लागी पुगेका छन् । उक्त युवा युवतीहरुले विभिन्न समयको चार्डपर्वलाई लक्षित गर्दै सांस्कृतिक कार्यक्रम खेलकुद लगायतका माहोलमा नेपाली जमघट गर्ने गरेका छन् ।

यसै क्रममा आउँदो डिसेम्बर २४-२५ को दिन क्रिसमसको छुट्टी समयलाई सदुपयोग गर्न मलका युनाइटेड फुटबल क्लबद्वारा प्रथम मलका कप २०२३” संगै साँस्कृतिक कार्यक्रम तथा प्रतियोगीता आयोजना गर्ने भएका छन् ।

उक्त खेलमा भाग लिन टिम दर्ता शुल्क १४ सय ९९ रिंगेट लाग्नेछ । प्रतियोगिताको विजेताले ट्रफी सहित मलेसियन रिंगेट १० हजार ५१ पाउनेछन् भने उपविजेताले ट्रफी सहित ५ हजार ५१ मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता मलेशियाको मलका राज्यमा हुने जानकारी प्राप्त भएको छ ।

प्रतियोगिताको नियम अनुसार खेलाडी १६ जना हुनुपर्ने छ । खेलाडीले अनिवार्य रूपमा बुट, जर्सीमा हुनुपर्ने, रेफ्रीको नियम पालना गर्नुपर्ने छ । खेलमा वादविवाद भएमा आयोजकको निर्णयनै अन्तिम हुने बताइएको छ । खेल ३०-३० मिनेट खेलाईने र खेल मैदान भित्र खेलको क्रममा खेलाडीलाई चाेटपटक लागेमा खेलाडी आफै जिम्मेवार हुनु पर्ने समेत आयोजक समितिले स्पस्ट पारेको छ ।

आयोजक समितिका अनुसार खेलाडी लाई विभिन्न विधामा सम्मान समेत गर्ने बताएको छ । मलका भन्दा बाहिर बाट आउने टिमहरुकाे लागि बस्नेको व्यवस्था पनि आयोजकले गर्ने प्रतियोगिताको आयोजक समितिका अध्यक्ष उमेश महतोले जानकारी दिएका छन् ।

थप जानकारीको लागि सम्पर्क नम्बरहरु

उमेश महतो अध्यक्ष +60166098307 प्रदिप तामाङ संयोजक- +60183913466 सुनिल थापा सचीव +60111739663 दिपक तामाङ काेषाध्यक्ष +601129684312 फडिन्द्र मगर उपाध्यक्ष +60173646931 बिजय चौधरी सह-उपाध्यक्ष +601162327845 बिपुल तामाङ सहसचिव +601164410750 नन्दु मगर टिम क्याप्टेन-+601123955891

तपाईको प्रतिक्रिया