काठमाडौं मंगसिर २५ । स्थायी घर धादिङ्ग भएकी लोकप्रिय गायिका पूर्णिमा लामाले लामो समयको अन्तरालपछि फेरि नयाँ गीतमा आफ्नो कर्णप्रिय स्वर भरेकी छिन् । गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको शब्द सृजना र संगीत रहेको ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ बोलको गीत पूर्णिमा लामाले स्वर दिएकी हुन् । उनले यस भन्दा पहिले पनि दर्जनौं गीतमा स्वर भरिसकेकी छिन् ।

लामो समयसम्म आफ्नो गीत नआउनुको कारण खुलााउँदै उनले आफू केही वर्षदेखि घाँटीमा समस्या भएकोले चिकित्सकको सुझाव अनुसार आराम गरेर बसेको जानकारी दिइन् । अब फेरि आफू गीत संगीतमै फर्किएको जानकाकरी दिएकी उनले ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ पनि दर्शक र स्रोताले माया गरिदिएर आफूले हौसला दिने विश्वास व्यक्त गरिन् ।

‘धेरै माया नगर्नु यहाँ कसैलाई’को रेकर्डिङ मालश्री रेकर्डिङ स्टुडियोमा भएको हो भने ध्वोनी सम्पादन खडका बाजुरालीले गरेका हुन् । अहिले लाई यस गीतको भिडियोलाई स्टुडियो भर्सनमा मात्र सार्बजनिक गरिएको छ । पुर्णिमाको अनुसार अशंख्य श्रोता तथा दर्शकहरुको चाहना उच्च भएमा निकट भबिस्यमा नै म्युजिक भिडियोलाई पुर्णरुप दिईनेछ ।

स्टुडियो भर्सनमा भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया