चीनको उत्तरी भागमा बाक्लो हिउँ पर्न थालेको छ । आगामी फेब्रुअरीसम्म सो क्षेत्रमा हिउँ जम्ने भएकाले उत्तरपूर्वी क्षेत्रमा हिउँका विभिन्न आकृति बनाउन थालिएको छ ।
हेइलोङच्याङ प्रान्तको राजधानी हारपिनमा हिउँ मेला लागेको छ । मेला हेर्न विदेशी र स्वदेशी पर्यटकको पनि घुईंचो हुन थालेको बताइन्छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार यो वर्षको हिउँदमा हिउँमा आकर्षक कलाकारिता देखाउन विश्वका १२ मुलुकका ५० भन्दा बढी कलाकार हारपिन पुगेका छन् । हारपिनलाई हिमसंसार पनि भनिन्छ ।