काठमाण्डौ पौष १ – यस भन्दा पहिले पनि केहि गीत संगीतमा काम गरिसकेका संगीतका साधक राजकुमार शाहशंकरको संलग्नतामा पुनः अर्को गीत सार्बजनिक भएको छ । उनको स्थायी घर दोलखा हो । राजकुमारले काठमान्डौमा बसेर आफ्नो व्यवसाय सम्हाल्दै नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको काम गरिरहेका छन् । उनको कमल शर्मा संगको सहकार्यमा “ए रमा” बोलको गीत यस भन्दा पहिलेको गीत हो । उक्त गीतले अत्यधिक श्रोता तथा दर्शकहरुको माया पाएपछि राजकुमारले “मदानी” बोलको यो गीत, सनसाइन सन्जु संग सहकार्य गर्दै सार्बजनिक गर्न सफल भएका हुन् । गीत भने सनसाइन सन्जुको प्रस्तुतिमा रहेको छ ।

जीवन विश्वकर्माको शब्द द्वारा सजिएको उक्त गीतमा संगीत राजकुमार शाहशंकरकै रहेको छ । साथै यस गीतमा स्वर राजकुमार शाहशंकर र राधा गुरुङ्गको सुन्न सकिन्छ । निकै कर्णप्रिय स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा सनसाइन सन्जु र देवेन्द्र बब्लुको आकर्षक अभिनय देख्न सकिन्छ । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक प्रकाश सपुतका भाई देबेन्द्र खासगरी सफल म्युजिक भिडियो निर्देशक हुन् । अर्की मोडल सनसाइन सन्जुले यस भन्दा पहिले पनि प्रमोद खरेलद्वारा स्वरबद्ध गीतमा अभिनय गरिसकेकी छिन् ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई निर्देशन बिशाल घिमिरेले गरेका हुन् भने कोरिग्रफी, जेरी भण्डारी, छायांकन नबराज उप्रेती र सम्पादन अमृत चापागाईंले गरेका छन् । गीतलाई राजकुमार शाहशंकर युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया