-टेकसिंह धामी

कैलालीमा एक प्रहरी जवान प्रहरीको खोरमा थुनिएका छन् । महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्रेपछि थुनिएको बताइन्छ ।

स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा बैतडीका प्रहरी जवान दमनबहादुर बिष्टलाई पक्राउ गरेर थुनामा राखिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदीप चन्दले सार्वजनिक मुद्दामा प्रहरी जवान विष्टलाई थुनामा राखिएको जानकारी दिए । उनीविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरेको हो ।

थप अनुसन्धानको क्रममा उनलाई आज जिल्ला प्रशासन कार्यालयमा लगिएको थियो । उनी डोटीमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया