युवा संगीतकार लक्ष्मण पोखरेल सातौ मनास्लु राष्ट्रिय एवार्ड २०८० बाट सर्वोकृष्ट संगीतकारको एवार्डबाट सम्मानित भएका छन् । मनास्लु मिडिया प्रा.लि.ले प्रत्येक वर्ष मनास्लु पोष्टको सातौ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्यउने व्यक्तिहरुलाई सम्मान र एवार्ड वितरण गर्दै आएकोमा यस वर्ष संगीत तर्फ पोखरेलाई उक्त एवार्ड सहित सम्मान गरिएको थियो । शनिबार राष्ट्रिय नाचघरमा आयोजीत उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाको प्रमुख आतिथीमा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान एवार्ड र आईकन एवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा मनास्लु पोष्टका प्रधानसम्पादक तथा अध्यक्ष मनबहादुर रोका लागयतका विशिष्ठ व्यक्तिहररुको उपस्थिती रहेको थियो । नेपाली गीत संगीतको क्षेत्रमा विषेश योगदान पुर्याए बापत संगीतकार पोखरेलले उक्त एवार्ड पाएका थिए । अहिलेका व्यस्त संगीतकारमा गनिने पोखरेलको संगीतमा सुप्रद्धि गायक गायिकाहरु उदित नारायण झा दिपा नारायण झा राजेशपायल राई स्वरुपराज आचार्य अन्जु पन्त शिव परियार प्रमोद खरेल मिलन नेवार रुपक डोटेल शान्तिश्री परियारदेखि अहिलेका नया गायक गायिका प्रताप दास एलिना चौहान समिक्षा अधिकारी सुरेश लामा अनु चौधरी देव राना स्मिता दाहाल महेश भण्डारी रानी शाक्य लगायतकाले स्वर दिएका छन् । उनको गीतमा सबै किसिमको संगीत सुन्न पाईन्छ । लमजुङको पाउदीबजारमा जन्मेका पोखरेलको केहि दिन अघि मात्रै अन्जु पन्तको स्वरमा रहेको गीत कहा विराए सार्वजनिक भएको थियो । दर्जनौ गीतहरुमा संगीत दिईसकेका पोखरेलका सार्वजनिक हुने तयारीमा रहेका गीतहरुमा उदित र दिपाको थाहा छैन, स्वस्पराज आचार्यको दिल रोएको बेला,दिपा नारायण झाको धुरुधुरु रुन्छ मन, राजेशपायल राईको ग्रेटर नेपाल,प्रताप दासको मझधारमा,महेश भण्डारी स्मिताको घाम लागे छाता, घामपानी घामपानी, रेशमी धागो लगायतका एक दर्जन गीतहरु रहेका छन् । उनको संगीतमा छिट्टै एउटा गजल र केही गीतहरुको रेकर्डङि हुदैछ । गीतकार सरला श्रेष्ठ टिएन आचार्य नारायण रेग्मी सागर उदास जगदिश्वर पोखरेल लगायतका गीतकारहरुका गीतहरुमा पोखरेलको संगीत सुन्न पाईन्छ । उनका चर्चित गीतहरुमा दिल रुन्छ भन्छन् ,आईफोन हरायो ,दिल ,रुन्छ जब,आसु दिएर गयौ आधिकार बाडिदेउ,हा बरै हाहाहा, रोक्यौ किन लगायतका रहेका छन् ।

तपाईको प्रतिक्रिया