- विनय विष्णु केसी

तिमी अस्पतालको बिछ्यौनामा छट्पटाई रहदा
म अमुक भएर एक टक तिमीलाई नियाल्दै छु ।।

मन भारी छ, कयौ पिडाहरु छन्
कहाँ पोखौ बिलौना, सबैका अनुहार मलिन छन् ।।

कसैले म बाट मेरै मुटु लुछेर लगे झै
आशुका यी बलिन्द्र धारा यत्र तत्र पोखिन्छ ।।

खै कहाँ पोखौ यो मनको बेदना
खै कसलाई सुनाउ यो कहालीलाग्दो कहानी ।।

सबै सपना जस्तै लाग्दैछ आज मलाई
अचेट्छु, चिमोट्छु अनी लुछ्दैछु आफैलाई ।।

अनी, अचानक सायद मेरा यी पुकार
कतै भगवानले सुने झै, तिमी फर्कियौ ।।

म हर्ष बिभोर भए, पुल्कीत भए
म पुनः उजागर भए, तिम्रो सामिप्यताले ।।

म आज धन्य छु तिमी प्रति
म अनी मेरो माया ।।

तपाईको प्रतिक्रिया