काठमाण्डौ पौष २२ – बिभिन्न लोक तथा दोहोरी गीत संगीत प्रस्तुत गरेर आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायक तथा सर्जक अमृत आचार्य माइला गुरुले भर्खरै मात्र “भोक तिर्खा” बोलको गीतलाई सार्बजनिक गरेका छन् । स्थायी घर सिन्धुपाल्चोक भएका कलाकार अमृतले भेगीय हिसाबबाट कुनै पनि गीत संगीतहरुलाई विभेद गर्न चाहदैनन् । उनले अहिले सम्म के पूर्व कि पश्चिम सबै स्थानका प्रचलित भाकाहरु गाइसकेका छन् ।

सुरुका समयमा अन्य च्यानलहरुबाट अमृतका गीत संगीतहरु सार्बजनिक हुने गर्दथे । तर हाल गीत संगीतको व्यवसाय नहुँदा उनले थोरै भएपनि आफ्नै च्यानललाई मलजल होस् भन्ने सोचले अमृत आचार्य नामको युट्युब च्यानल मार्फत गीतहरु सार्बजनिक गर्न थालेका छन् । यसै च्यानल मार्फत सार्बजनिक भएको गीत “भोक तिर्खा” मा अमृत आचार्य माइला गुरु र लक्ष्मी परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सुफिक्स मदनले तयार पारेका हुन् भने शब्द अशोक कुमार सापकोटाको रहेको छ ।

गायक तथा सर्जक अमृतले आफ्ना सन्तानलाई पनि यसै क्षेत्रमा हिड्न बाटो देखाउदै छन् । फलस्वरूप उनकी छोरी अश्मिता आचार्यले यस गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । अश्मिताले यस भन्दा पहिले पनि थुप्रै गीतको म्युजिक भिडियोमा अभिनय गरिसकीछिन् । पछिल्लो समय सार्बजनिक भएको अमृतको गीतमा जोहन राईको पनि आकर्षक अभिनय देख्न सकिन्छ । “भोक तिर्खा” बोलको गीतको म्युजिक भिडियोलाई उमेश कार्की यु के ले निर्देशन गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया