काठमाण्डौ पौष २१ – नेपाली लोक संगीतको बजारमा अश्मिता अन्जली खड्का र मोहन अमृता खड्काको संयुक्त प्रस्तुति लोक दोहोरी गीत “गैरी बिसाउने” भर्खरै सार्बजनिक भएको छ । आफ्नो सांगीतिक यात्राको क्रममा मिन्सु इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक भएको गीतलाई निकै समयको अन्तरल पश्चात सार्बजनिक गरिएको कलाकार मोहन खड्काले जानकारी दिएका छन् । उनले यस भन्दा पहिला पनि यसै च्यानल मार्फत थुप्रै गीतहरु सार्बजनिक गरिसकेका छन् । थोरै व्यवसायिकता र धेरै मौलिकतामा रमाउने मोहनको लयले सजिएको गीतलाई शब्द बालकुमार श्रेष्ठले भरेका छन् ।

बिष्णु तामाङ्ग द्वारा संगीत संयोजन भएको गीतमा अर्जुन सापकोटा र लक्ष्मी खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । निकै स्वादिलो ढङ्गबाट तयार भएको गीतको म्युजिक भिडियोमा गायक स्वयम् अर्नुजको साथमा स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकान प्रकाश खड्का समुह र सम्पादन लक्ष्मण चौहानले गरेका छन् गीतमा अजरअमर प्रेम भाव समाबेश गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया